• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

कार्लमार्क्सको जन्मदिनमा पार्टी एकता गर्ने सोच थियो तर … भयो : प्रधानमन्त्री अोली


बैशाख २२, काठमाडौं ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले केही प्राविधिक कारणमा अल्झिएकाले पार्टी एकताको घोषणा गर्न नसकेको बताए।

कार्लमार्क्स जन्म द्विशतवार्षिकीका असरमा एमाले स्थायी समितिले शनिबार राजधानीमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कार्लमार्क्सको जन्मदिवसको अवसरमा पार्टी एकता घोषणा गर्ने सोच भए पनि केही प्राविधिक कुराले अल्झाएको बताएका हुन्।

जनताको प्रणाली भएको देशको रुपमा विकास गरेर सम्वृद्धि र सुखी नेपालीको रुपमा मुलुकलाई अगाडि लैजाने लक्ष्य सरकारको भएकाले अब भने साना–तिना विषयमा अल्झेर नबस्ने पनि उनले स्पष्ट पारे।

माक्र्सवादीको प्रयोग गर्ने विन्दुमा आइपुगेको कम्युनिष्ट आन्दोलन अब जनवादी र समाजवादी क्रान्ति तर्फ उन्मुख हुने बताए। कम्युनिष्टहरू कहिलेकाहीँ शब्दहरूमा अलमलिने गरेको उल्लेख गर्दे उनले पूँजीवादी क्रान्ति कम्युनिष्टहरूले कहिलेही नगर्ने स्पष्ट पारे।

नेपाली कांग्रेसलाई इंगित गर्दै उनले अलमलिएर जनताले बहुमत दिएकाहरू सरकारमा पुगेकाले विगतमा प्रजातन्त्रको गलत व्याख्या भएको आरोप लगाए। कार्लमार्क्स जन्मेको २ सय वर्ष पुगेको अवसरमा एमाले स्थायी समितिले कार्लमार्क्स जन्म द्विशतवार्षिकी कार्यक्रम आयोजना गरेको हो।

प्रकाशित मिति : २०७५ बैशाख २२ गते शनिवार