• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

माओवादी भयो टुक्रा टुक्रा : एमालेसँग एकताको अन्तिम तयारीमा फेरि फुट्यो


बैशाख २३, काठमाडौं ।

नेकपा माओवादी केन्द्र फेरि विभाजन भएको छ । एमालेसँग एकताको अन्तिम तयारी भइरहेको बेला माओवादी केन्द्रका नेता-कार्यकर्ताहरुले नयाँ पार्टीको घोषणा गरेका छन् ।

एमालेसँग हुने भनिएको एकताप्रति असहमति राखेर अलग भएको घोषणा गरेका नेता विश्‍वभक्त दुलाल ‘अाहुती’को संयोकत्वमा नयाँ पार्टी गठन भएको हो । नयाँ पार्टीको नाम ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल’ राखिएको छ ।

सन् १८१८ मे ५ अर्थात हिजोको दिन विश्व सर्वहारा वर्गका नेता कार्ल मार्क्स जन्मेका थिए । विश्वभरका कम्युनिस्टहरुले कार्ल मार्क्सको द्धिशतवार्षिकी मनाइरहेका बेला नेपालमा नयाँ पार्टीको जन्म भएको हो ।

काठमाडौंमा शुक्रबार सम्पन्‍न भेलाले विचारधारात्मक राजनीतिक कार्यदिशा पारित गर्दै अाहुतीको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसलाई वैचारिक, राजनैतिक तथा सांगठनिक अभियान समिति भनिएको छ ।

समितिमा पोलिटब्यूरो सदस्य ध्रुब पराजुली, अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष जागृत रायमाझी, विदुर खरेल, धनकुमारी सुनारसहित अधिकांश माओवादी केन्द्रका नेता रहेका छन् ।

यस्तो छ घोषणा विज्ञप्ति 

प्रकाशित मिति : २०७५ बैशाख २३ गते आइतवार