• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

सल्यानका १० वटै स्थानीय तहमा खानेपानी उपभोक्ताहरुलाई तालिम दिइदै


सरिता चलाउने
बैशाख २३, सलयान ।
सल्यानमा १० वटै स्थानीय तहमा खानेपानी उपभोक्ताहरुलाई खानेपानी तथा सरसफाई उपभोक्ता समितीको क्षेमता अभिबृद्धि सम्बन्धी तालीम सञ्चालन गरिने भएको छ ।

खानेपानी मन्त्रालयको आयोजना र खानेपानी तथा सरसफाई डिभिजन कार्यलय सल्यानको समन्वय तथा सहजीकरणमा तालीम सञ्चालन गरिने भएको हो ।

जिल्लाका करिब १३ सय उपभोक्ता समितीका २ र २ जना पदाधिकारीलाई तालीम दिईने खानेपानी तथा सरसफाई डिभिजन प्रमुख गुणनिधि पोखरेलले बताए । तालीममा खानेपानी उपभोक्तहरुलाई खानेपानी प्रणालीको बर्तमान अवस्था, बजारीकरणको लागी संजाल निर्माण, ग्रामिन खानेपानी तथा सरसफाई सुधार, खानेपानी प्राणालीको सुचारुपना र दिगोपना, खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको ब्यवसथापनका बारेमा जानकारी गराईने उनले बताए ।

यस्तै खानेपानी उपभोक्ता समितीको भुमिका र जिम्मेवार, खानेपानी प्रणाली ब्यवस्थापन, खानेपानी उपभोक्ता समितीमा नेतृत्व र बिकास लगातका बारेमा जानकारी गराईने पोखरेलले बताए। पहिलो चरणको तालीम सनिवार देखि जिल्लाको शारदा नगरपालीमा सुरु भएको छ । तालीममा शारदा नगरपालीकाका १५ वटै वडाका ३० जना उपभोक्ताहरुको सहभागीता रहेको छ । ३ दिन सम्म सञ्चालन हुने तालीममा ग्रामीण बस्तीहरुमा खानेपानी तथा सरसफाई सुधार, जिर्ण रहेका खानेपानीको मर्मत सम्भाहार गर्ने बारेमा पनि जानकारी गराईने भएको छ ।

खानेपानी तथा सरसफाई डिभिजन प्रमुख गुणनिधि पोखरेलको अध्यक्षतामा भएको सुरु भएको कार्यक्रममा जिल्ला समन्वय समितीका संयोजक केश बहादुर बिष्टको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा शारदा नगरपालीकाका मेयर शुरेस अधिकारी, प्रुमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरे लगातको उपस्थीति रहेको थियो ।

प्रकाशित मिति : २०७५ बैशाख २३ गते आइतवार