बैशाख २३, सिरहा ।
एकातिर बाम एकताको कुरा चलिरहेको समयमा अर्कातिर माओवादी एक कार्यकर्ताको घाँटीमा धारिलो हतियार प्रयोगर गरेर हत्या भएको छ ।
सिराहाको कर्जन्हा नगरपालिका–७ मरेवाका सोपेन्द्र यादवको हत्या भएको हो । उनको शव घर नजिकैको बारीमा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गज्जुसिद्धि मानन्धरले बताए ।
घर छेवैको गोठमा गएका यादव धेरै बेरसम्म घर नफर्केपछि खोजतलास गर्दा शुक्रवार राती उनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । यादवको घाँटीमा धारिलो हतियारले काटिएको प्रहरीले जनाएको छ ।
नेकपा माओवादी केन्द्रले यादव आफ्ना सक्रिय कार्यकता रहेको जनाउँदै हत्यामा संलग्नको चाडो खोजी गरी कडाभन्दा कडा कारवाहीको माग गरेको छ ।