• २०७७ कार्तिक ९ गते आइतवार
  • Preeti To Unicode

सल्यानबाट राेल्पा जोड्ने मोटरबाटोको स्तरोन्नती कार्य सुरु, याेजना ५० लाखकाे !


बैशाख २३, सल्यान ।

सल्यानकाे कपुरकोट-२ खालिबाट गर्पा हुँदै राेल्पाकाे दहवन जोड्ने मोटरबाटोको स्तरोन्नती कार्य आइतबारबाट सुरु भएको छ ।

कपुरकोट गाउँपालिकाको ५० लाखको लागतमा उपभोक्ता समितीमार्फत बाटोको स्तरउन्नती गर्न लागिएको हो । अहिलेको मोटरबाटो साँघुरो रहेकोले स्तरउन्नती गर्न लागीएको र सारपानी, गर्पा लगाएत रोल्पाको पनि केहि क्षेत्रका सयौँ नागरिकलाइ यसले लाभ प्रदान गर्ने उपभोक्ता समितीका अध्यक्ष नवराज बुढाले जानकारि दिए ।

कपुरकोट गाउँपालिका वडा नम्बर १, २ र रोल्पाको रुन्टीगडी गाउँपालिकाका केहि वडाका वासिन्दाहरु यस बाटोबाट प्रत्यक्ष लाभान्वीत हुने उनले बताए । स्तरउन्नती कार्यको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले मापदण्ड अनुसार ६ मिटर ७५ सेन्टीमिटर बाटो खन्न उपभोक्ता समितीलाइ निर्देशन गरे । उनले अव सडक फराकिलो भएमा तरकारि र फलफुल बजार सम्म पु¥याउन किसानहरुलाइ निकै सहज हुने जनाउँदै जनताले बाटोबाट बढिभन्दा बढि फाइदा लिनुपर्ने बताए ।

स्तरउन्नतीको सुरुवात गर्ने कार्यक्रममा कपुरकोट गाउँपालिकाका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकिय अधिकृत सुवास रिजाल, वडा नम्बर १ का अध्यक्ष मान बहादुर राना, २ का अध्यक्ष बालाराम खड्का, इन्जीनियर प्रेम विक लागाएतकाले बोल्दै गर्पा क्षेत्रका अधिकांश किसानले तरकारि खेती गर्ने भएकाले यस बाटोले किसान, व्यापारि सबैलाइ हौसला बढ्ने बताए ।

प्रकाशित मिति : २०७५ बैशाख २३ गते आइतवार