• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा व्यवशायीक तरकारि खेती सम्बन्धी तालिम


बैशाख २३, सल्यान।

व्यवशायीक तरकारि खेती सम्बन्धी तालिम आइतबारबाट सल्यानकाे कपुरकोट २ गर्पामा शुरु भएको छ ।

वडा नम्बर १ र २ का किसान सहभागी रहेको तालिममा तरकारि खेतीलाइ कसरि व्यवशायीक रुप दिने भन्ने बारेमा प्रशिक्षण चलिरहेको छ । मद्यपश्चिम युवा मिलन केन्द्रको आयोजना र कपुरकोट गाउँपालिकाको सहयोगमा सञ्चालन भएको तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले किसानहरुलाइ अर्गानिक तरकारि उत्पादन गर्न आग्रह गरे ।

विषादी न्युनिकरण गर्दै अर्गानिक उत्पादनमा जोड दिदै उनले अव कपुरकोट गाउँपालिका भित्र नमुना प्लट निर्माण गरिने बताए । यस्तै वडा नम्बर १ का अध्यक्ष मान बहादुर राना, २ का अध्यक्ष बालाराम खड्का, मद्यपश्चिम युवा मिलन केन्द्रका अध्यक्ष ओझ बहादुर कवर, कपुरकोट गाउापालिकाका नासु जीवराज खत्री लगाएतकाले सल्यानको तरकारि टाढाटाढाका शहरहरुबाट पनि माग भइरहेकाले नमुना किसा नबनेर बढि भन्दा बढि उत्पादनतर्फ लाग्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २०७५ बैशाख २३ गते आइतवार