बैशाख २३, सुर्खेत ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव वीरबहादुर कुँवर ‘सुरेश पहाडी’ जुवा खालबाट फरार भएका छ न् । सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा– ९ लाटिकोईलीस्थित काँग्रेस नेताको घरमा जुवा खेलिरहेका सचिव कुँवर फरार भएका हुन् । जुवा खालबाट काँग्रेस नेतासहति तीन जनालाई पक्राउ परेको सुर्खेत प्रहरीले जनाएको छ ।
बिशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा काँग्रेस नेता तथा घनधनी ५९ वर्षीय कालिप्रसाद शाक्य, ५५ वर्षीय दानबहादुर गुरुङलाई जुवा खालबाट पक्राउ गरेको छ भने एक जनाको नाम खुल्न सकेको छैन । जुवा खालबाट प्रहरीले ३४ हजार पाँच सय नगद पनि नयन्त्रणमा लिएको छ । उनीहरुलाइ जिल्ला प्रहरी कार्यालय, सुर्खेतको हिरासतमा राखिएको छ ।
जुवा खालबाट प्रमुख स्वकीय सचिव कुँवर भाग्न सफल भएपनि उनको मोबाइल प्रहरीले बरामद गरेको बताइएको छ । पक्राउ परेका काँग्रेस नेताले मुख्यमन्त्री शाहीले कुँवरलाई भगाएर आफुहरुलाई मात्रै पक्राउ गराएको अारोप लगाएका छन् । सँगै जुवा खेल्दाखेल्दै कुँवर भागे लगत्तै प्रहरी अाइपुगेको बताइएको छ । मुख्यमन्त्रीकै सल्लाहमा कुँवरलाई भगाइएको काँग्रेस नेताहरुको अारोप छ ।
प्रहरीले कुँवरको ९८६८३५९५१० नम्बरको मोबाएल र पैसा भने बरामद गरेको छ । कुँवरको अर्को नम्बर ९८६०३१८२५७ मा फोन गर्दा सम्पर्क हुन सकेन ।
घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठसँग राति सम्पर्क गरेका थियौं । श्रेष्ठले तीन जनालाई जुवा खालबाट पक्राउ गरिएको र केही व्यक्ति पछडिबाट भागेको बताए । उनले पक्राउ परेका व्यक्तिले भाग्नेको नाम नभनेका कारण भाग्ने व्यक्ति कुँवर नै हो भन्न नसकिने बताए । उनीहरुसँग सोधपुछ भइरेको समेत श्रेष्ठले बताए । भागेको व्यक्ति नाम पत्ता लागे घरबाटै पक्राउ गर्ने समेत श्रेष्ठले बताए ।
‘पछाडिको वालबाट भाग्न नसक्नेहरु मात्रै पक्राउ परेजस्तो छ, यसबारे थप अनुसन्धन भइरहेको छ’ श्रेष्ठले भने । अनलाइन डबलीबाट