वैशाख २४, हेटौंडा ।
मकवानपुरमा चट्याङ लागेर दुई जनाको मृत्युु भएको छ ।
जिल्लाको मनहरि गाउँपालिका– २, ठाडोखोला झुल्यानमा आइतबार साँझ पानीसँगै परेको चट्याङ लागेर घाइते २८ वर्षीय भीमलाल सिन्तान र उनकी ३ वर्षीय छोरी विमलाको ज्यान गएको हो ।
मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले चट्याङ लागेर घाइते बाबु–छोरीको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जानकारी दिए ।
त्यस्तै हेटाैंडा १६ मा चट्याङ लागेर ६० वर्षीय कृष्णबहादुर बलामीकाे मृत्यु भएकाे छ । धरमै बसिरहेका उनलाई साँझ पानीसँगै परेकाे चट्याङ लागेकाे थियाे ।