• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

गृहमन्त्रीलाई गोली प्रहार, दाहिने काँधमा गोली लागेर गम्भीर घाइते


बैशाख २४, पाकिस्तान ।
पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि घातक हमला भएको छ । आइतबार पाकिस्तानको नरोवालको कन्जरुरमा एक र्यालीलाई सम्बोधित गर्ने क्रममा उनीमाथि गोली चलाइएको हो जसका कारण उनी सख्त घाइते भएको बताईएको छ ।

यसबारे पाकिस्तानका सरकारी अधिकारीले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।

पुलिसका अनुसार गृहमन्त्री इकबालको दाहिने काँधमा एक गोली लागेको छ ।

पाकिस्तानी न्यूज च्यानल ‘जियो’ का अनुसार घटनापश्चात् गृहमन्त्रीलाई तुरुन्त अस्पताल पुर्याइएको र उनी खतरामुक्त रहेको बताइएको छ ।

पक्राउ परे संदिग्धः

गोली चलाउने संदिग्धलाई पक्राउ गरिएको छ । पाकिस्तानका गृह राज्यमन्त्री तलाल चौधरीले संदिग्ध हमलाकर्ताको उमेर २० देखि २२ वर्षको बीचमा छ ।

पंजाब सरकारले ट्वीट गरेर एक सुटरलाई पक्राउ गरेको जानकारी दिएको छ । यसका साथै अहसान इकबालको डीएचक्यू अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख २४ गते सोमवार