बैशाख २४, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनका एजेण्डामा एमाले नेताहरु सुध्रन जरुरी रहेको प्रशिक्षणमा बताएका छन् । सोमबार काठमाडौमा माओवादीको भातृृ संगठन वाइसीएलको केन्द्रीय स्कुल विभागले गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने ‘माओवादी नेता कार्यकर्ता, माओवादी आन्दोलन अपमानित हुनु भनेको देशलाइ अप्ठ्यारो पर्नु हो ।’ ‘जसले जे भनेपनि जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले–माओवादी एकता हुन सक्दैन ।’
एमालेसँग पार्टी एकता संख्याले होइन विचारले गर्ने पनि उनले बताएका छन् ।
प्रचण्डले सम्बोधनको केहि अंश जस्ताको त्यस्तै
क्रान्ति अधुरो अपुरो भयो । प्राप्त उपलब्धिलाइ जागाउँदै अघि बढ्नुपर्छ । हामी पूर्ण बिजय नभएपनि हारेका होइनौं ।
वाइसिएलको नया कार्यसमितिले मूल नेतृत्वको स्पिड जोगाउन पहल गर्यो ।
विचार र राजनीति छाडेर एकता कुनै हालतमा हुँदैन् ।
मानिस बुढो भएपनि विचार बुढो हुदैन् । त्यसैले मेरो युवासँग बिचार मिल्छ ।
युवालाइ नीति निर्माणमा नल्याए देश दुद्र्दटनामा पर्छ ।
सहिद, बेपत्ता र घाईतेको उचित व्यवस्थापन गरिनछ ।
पहिला नेताहरु त्याग, बलिदानको प्रतिस्पर्धा गर्न तयार हुन्थ्यो । तर अहिले लाभको पद लिन प्रतिस्पर्धा गर्छन् ।