• २०७७ असोज ८ गते बिहिवार
  • Preeti To Unicode

जिर्ण भवनमा काम गर्दै अाएकाे सल्यानकाे एक इ.प्र.का.काे नयाँ भवन भयाे, कर्णालीका प्रहरी प्रमुख अाएर उदघाटन गरे


सरिता चलाउने
बैशाख २४, सल्यान ।
सल्यानको कालीमाटी गाउँपालीकामा ईलाका प्रहरी कार्यलयको भबन निर्माण गरिएको छ ।

लामो समय देखि भाडाको भरमा सञ्चालन हुदै आएको भबन अब आफ्नै भबन निर्माण भएको छ । कालीमाटी गाउँपालीकाको आर्थिक सहयोग र जनश्रमदानमा ईलाका प्रहरी कार्यलयको भबन निर्माण भएको हो ।

गाँउपलिकाको १० लाख र २ लाख १४ हजार जनश्रमदान गरि जम्मा १२ लाख १४ हजारको लागतमा भवन निर्माण कार्य सम्पन्न भएको ईलाका प्रहरी कार्यलय कालिमाटीले जनाएको छ । कालीमाटी गाँउपालिकामा ईलाका प्रहरी कार्यालयको आफनै भवन निमार्ण कार्य सम्पन्न भएपछि यहाँबाट जनाताले सरल र सहज रुपले सेवा पाउने गाँउपालिकाले जनाएको छ । भवन निर्माणका लागी स्थानीयले पनि विभिन्न तरीकाले प्रहरीलाई सहयोग गरेका छन् । ईलाका प्रहरी कार्यालयको भवन बनाउनका लागी स्थानीय भुपेन्द्र बहादुर खत्रीले १२ आना जग्गा निशुल्क रुपमा दान गरेको भवन निर्माण समितिका अध्यक्ष लाल सिंह खत्रीले बताए ।

पहिले भाडाको भरमा चल्दै आएको ईलाका प्रहरी कार्यलय लामो समय पछि बिभिन्न किसिमका बाधा र चुनौतिका बिच भबन निर्माण गर्न सफल भएको जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी नायब उपरिक्षक भरत बहादुर बिकले बताए । भवन निरक्षणका क्रममा भाडाको भरमा रहेको भबन जिर्ण रहेको पाईएकाले आफुले गाउँपालीका सँग पहल गरेको उनले ताए । उनले भने – “लामो समय देखि ईलाका प्रहरी कार्यलय भाडामा रहेछ, त्यो पनि जिर्ण अवस्थामा रहेछ, प्रहरी साथीहरु कार्यलयमा बस्ने डर कोठा लिएर बाहीर बस्नु हुदो रहेछ, सुरक्षा दिन पनि कठिन अबस्थामा देखेर मैले गाउँपालीका सँग पहल गरेको हु ।” अब आउदा दिनहरुमा सुरक्षाको लागी खटिन यो भवनले ठुलो आशा दिएको विकले बताए ।

२०७४ साल माघ बाट सुरु गरिएको भबनको काम ७५ साल बैशाखमा सम्पन्न भएको डिएसपी विकले बताए । आफ्नै भबन निर्माण भएपछि जनतालाई दिने सुरक्षाका लागी खटिने प्रहरीलाई पनि सहज हुने उनले बताए ।  शान्ति बिना बिकास सम्भव नहुने भन्दै जहाँ शान्ति हुन्छ त्यहाँ बिकास हुने प्रमुख बिकले बताए ।

भबनको को आज एक कार्यक्रममका बिच कर्णाली प्रदेशका प्रहरी नायब महानिरक्षक सुरेश बिक्रम शाहा र कालीमाटी गाउँपालीकाका अध्यक्ष दान बहादुर केसिले संयुक्त रुपमा समु उदघाटन गरेका हुन् । भबन उदघाटन गर्दै कर्णाली प्रदेशका प्रहरी महानिरक्षक सुरेश बिक्रम शाहाले प्रहरी र जनप्रतिनिधि मिलेर जनताको सेवामा लाग्नु पर्ने बताएका छन् । ६ नम्बर प्रदेश सुरक्षाको हिसाबले पछाडी परेको क्षेत्र भएकाले सबैले आ–आफ्नो ठाउँमा बाट पहल गर्नु पर्ने बताए । यो प्रदेश भुगोलको हिसाबले ठुलो र बिकट भएकाले सहजै सुरक्षा दिन नसकिएको बताए । बिना नागरीकको प्रहरी नहुने भन्दै उनले समाजको एउटा अभिन्न अंग कर्मथलो समाज नै भएको बताए । सम्मान रुपले नागरीकको संरक्षण गर्ने दायित्व प्रहरीको भएकाले यसमा जनताले साथ दिन जरुरी रहेको प्रहरी नायब महानिरक्षक शाहाले बताए ।

सानै भएपनि आफ्नै निजी भवन बनेपछि सुरक्षा दिनेलाई सहज हुने र शान्ति सुरक्षा दिने कुरामा पनि सहयोग पुग्ने कालीमाटी गाउँपालीकाका अध्यक्ष दान बहादुर केसिले बताए । यो गाउँपालीका अत्यन्त बिकट भएकाले बिकट गाउँपालीकालाई सुरक्षाको कुरामा आफुले पनि समृद्ध गाउँपालीका बनाउने बताए ।

प्रकाशित मिति : २०७५ बैशाख २४ गते सोमवार