- बैशाख २४, सल्यान ।
सल्यानमा चलेको जलवायु परिवर्तन सम्बन्धि तीन दिने अभिमुखिकरण तालिम सोमबार समापन भएको छ ।
हेमन्ता नेपालको आयोजना र शारदा नगरपालिकाको सहयोगमा भएको प्रशिक्षण कार्यक्रममा शारदा नगरपालिकाका विभिन्न जनप्रतिनिधिहरलाई जलवायु परिवर्तन सम्बन्धि प्रशिक्षण दिईएको हो ।
शनिबार उद्घाटन गरिएको कार्यक्रममा आज सोमबार नगरका ६, ७, १४ र १५ नम्बर वडाका जनप्रतिनिधिहरुलाई बरलामा प्रशिक्षण दिएको हेमन्त नेपाल सल्यानकी अध्यक्ष पदमा शाहले बताइन् ।
कार्यक्रमको प्रशिक्षण जिल्ला वन कार्यालय सल्यानकन सहाय वन अधिकृत दामोदर पाण्डे र आषा परियोजनाका जलवायु विज्ञ सुदिप अर्यालले दिएका थिए ।
बरलामा समाप भएको कार्यक्रमको प्रमुख अतिथि शारदा नगरपालिकाकी उपप्रमुख सावित्रा बस्नेतको रहेको थियो ।