• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

नेपालमा रेलमार्ग निर्माणको लागि भारतले गर्याे हस्तक्षेप


बैशाख २५, काठमाडौं । 

भारतले नेपालमा निर्माण अघि बढ्न लागेको आयोजनामा हस्तक्षेप गरी पूरा हुन नदिने पुरानै नीति हो ।

नेपाल सरकारले वीरगन्ज-काठमाडौं रेलमार्ग निर्माणको लागि दक्षिण कोरियाली कम्पनीलाई छनौट गरेपछि भारतले उपहारस्वरुप काठमाडौं-रक्सौल रेलमार्ग निर्माणको प्रस्ताव अघि सारेर उक्त आयोजनामाथि ओभरल्यापको प्रयास गरेको हो ।

सूत्रका अनुसार नेपाली अधिकारीहरुले सम्भाव्यता अध्ययन नेपलले नै गरेर आयोजना निर्माणको लागि मात्रै भारतले दिने प्रस्ताव भारतले अस्वीकार गरेका कारण यसअघि भित्राइएको दक्षिण कोरियाली कम्पनीलाई फर्काउने तयारी भइरहेको छ ।

भारतले दक्षिण कोरियाली कम्पनीलाई कुनै पनि हालतमा फर्काउनुपर्ने शर्त पूर्वाधार योजना मन्त्रालयमार्फत अघि बढाएपछि अधिकारीहरु अन्यौलमा छन् । यो समाचार आज प्रकाशित दृष्टि साप्ताहिकमा छापिएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख २५ गते मङ्गलवार