• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

पौने डेढ करोडमा निर्माण गरियो जनकपुरमा मोदीले भाषण गर्ने स्टेज


बैशाख २५, जनकपुरधाम ।

भारतीय प्रधानमन्त्रीको आशन्न नेपाल भ्रमणको तयारी तीब्र पारिएको छ । दुई दिने नेपाल भ्रमणको लागि यहि वैशाख २८ गते जनकपुरधाम आउँन लागेका मोदीको स्वागतका लागि तयारी तीब्र पारिएको हो ।

मोदीको भ्रमणलाई सभ्य र भव्य बनाउन भन्दै प्रदेश २ को सरकार र केन्द्रीय सरकार लागि परेको छ । भारतको पटनाबाट हेलिकोप्टर चढेर सिधै जनकपुर आउन लागेका मोदीको स्वागतका लागी तयारी तीब्र पारिएको हो । उनको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ ।

यतिबेला जनकपुरमा रंगरोगन, सरसफाई, मञ्चव्यवस्था, पूजाको तयारी, सुरक्षा व्यवस्थालागयतका काम द्रूत गतिमा आगाडी बढिरहेको प्रदेश २ को सरकारले जनाएको छ । जनकपुरमा रहँदा मोदीले जानकी मन्दिरमा पूजा गर्ने र बाह्रविघामा आयोजना हुने नागरिक अभिनन्दनसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

मोदीलाई गरिने नागरिक अभिनन्दन चार भाषामा हुनेछ । उनलाई नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषामा नागरिक अभिनन्दन गरिनेछ । त्यसका लागि जनकपुरस्थित बाह्रबिघा मैदानमा एक करोड २६ लाख रुपैयाँ खर्च गरेर विशेष मञ्च निर्माण गरिँदैछ ।

मञ्च अगाडिको पन्डाल बनाउन भारतको बिहारको एक टेन्ट हाउसले मात्रै ७८ लाख मागेको जनाईएको छ । मोदीको नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश २ का ८ जिल्लाबाट ५० हजार मानिस उपस्थित गराउने तयारी भईरहेको छ । त्यसका लागि राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकार तथा जिल्ला प्रमुख अधिकारी स्वयं लागि परेका छन् ।

प्रकाशित मिति : २०७५ बैशाख २५ गते मङ्गलवार