• २०७७ असोज ८ गते बिहिवार
  • Preeti To Unicode

अब खाद्य अधिकार संजालले सल्यानमा गर्ने भयाे यस्ता काम !


लेकाली अनलाइन 

बैशाख २५, सल्यान ।

खाद्य अधिकार संजाल सल्यानकाे नियमित बैठक अाज सल्यानकाे सदरमुकाम खलंगामा सम्पन्न भएकाे छ ।

संजालका अध्यक्ष दिपेन्द्र कुमार शाहीकाे अध्यक्षतामा भएकाे बैठले विभिन्र प्रस्तावमा ४ अाेटा निर्णयहरू गरेकाे छ । जस अनुसार संजालकाे लाेगाे परिवर्तन गर्ने र लेटरप्याडकाे लागि अार अार एन सल्यान सँग सहयाेग माग्ने भएकाे छ । खाद्य अधिकार संजालका सदस्यहरूले जिल्लामा पाैरवी गर्ने र पहिचान गरेका समुहमा जिविकाेपार्जन कार्यक्रम संचालनकाे लागि एक्टाेपलान बनाउने निर्णय गरेकाे छ ।

त्यस्तै सल्यानमा खाद्य अधिकारकाे अवस्था बुझ्न तथ्याङ्क संकलन गर्न सराेकारवाला सँग समन्वय गर्ने भएकाे छ । अन्तिममा खाद्य अधिकार सम्वन्धि जिल्लामा सचेतना तथा स्थानीय तहमा बजेट विनियाेजित गर्न खाद्य अधिकार संजालले पहल गर्ने निर्णय गरिएकाे उक्त संजालले बताएकाे छ ।

प्रकाशित मिति : २०७५ बैशाख २५ गते मङ्गलवार