बैशाख २५, सल्यान ।
सल्यान रुकुम यातायात ब्यवसायी समितीले भोली देखि असार मसान्त सम्म नियमीत रुपमा पहिलेकै स्थान बाट गाडी सञ्चालन गर्ने भएको छ ।
आज सल्यानको बागचौरमा पत्रकार सम्मेलन गरी समितीले भोली देखि अनिबार्य पोसाक, कार्ड, सहीत काम गर्ने जानकारी गराएको हो । सरकारले सिन्डीकेटको अन्त्य गरेसँगै समितीले सरकारले दिएको निति र निर्देशनलाई पालन गरेर काम गर्ने जनाएको छ । सरकारले यातायात व्यवसायीमा भएको सिन्डकेट हटाए जस्तै अन्य क्षेत्रमा भएका सिन्डिकेटको पनि अन्त्य गर्नु पर्ने सल्यान रुकुम यातायात व्यवसायी समितिले माग समेत गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष लोकमान बुढाथोकीले यातायातमा मात्र नभएर सरकारले हरेक क्षेत्रमा रहेको सिन्डीकेटलाई तोडनु पर्ने बताएका हुन् । उनले सिन्डीकेट राजनितिक पार्टीहरुमा पनि भएको भन्दै बिभिन्न क्षेत्र सँग जोडीएको सिन्डीकेट र भ्रष्टाचार जरै बाट अन्त्य गर्नुपर्ने बताए । बुढाथोकीले आफुहरुले सरकारले गरेको निर्णयको स्वागत गर्दै अन्य क्षेत्रको सिन्डिकेटको पनि अन्त्य हुनु पर्नेमा जोड दिएका हुन् ।
उनले सबै भन्दा पहिला राजनितिमा भएको सिन्डिकेटको अन्त्य हुनु पर्नेमा जोड दिए।
“सरकारले यातायातमा रहेको सिन्डिकेट त हटायो तर अब राजनितिमा रहेको सिन्डिकेट पनि हटाओस” उनले भने–”साथै यातायात व्यवसायी जस्तै नियमावलीमा दर्ता भएर काम गरि रहेका अन्य एनजिओ तथा आईएनजिओमा रहेको सिन्डिकेटको अन्त्य गर्न म सरकारलाई चुनौती दिन्छु ।”