• २०७७ माघ ३ गते शनिवार
  • Preeti To Unicode

भारतले नेपालको सिमा मिचेको विरोध गर्ने मजदुर नेता सहित ११ जना पक्राउ


बैशाख २५, काठमाडौं ।

भारतले नेपालको सिमा अतिक्रम गरेको विरोध गर्ने एक मजदुर नेता सहित प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष अमर झाँक्रीसहित सबै पदाधिकारीलाई प्रहरीले अाज काठमाडौैंको संवाद डबलीमा पत्रकार सम्मेलन सक्ने वितिक्कै पक्राउ गरेको हो । उनले भारतीय साम्राज्यवाद्वारा हालै नेपालका कञ्चनपुर, झापा, कपिलबस्तुलगायतका अन्य जिल्लाहरुमा भएका सीमा अतिक्रमण तथा अन्य हस्तक्षेपहरु गरेको भन्दै विरोध गरेका थिए ।

उनले यही बैशाख १८ देखि २० गतेसम्म पोखरामा सम्पन्न भएको राष्ट्रिय सम्मेलनले माथि उल्लेख गरिए सहित ११ बुँदे समसामुयीक प्रस्ताव पारित गरेका थिए ।
यिनै प्रस्तावलाई सार्वजनिक गर्न आज गरिएको पत्रकार सकिदै गर्दा उनिहलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव गोकुल दाहालले महासंघका अध्यक्ष अमर झाँक्रीसहित ११ जना केन्द्रीय नेताहरुलाई बिनाकारण गिरफ्तार गरेको भन्दै बिनासर्त तत्काल रिहा गर्न माग गरेका छन् ।

गिरफ्तार सबैलाई हाल महानगरीय सिंहदरबार वृत्तमा राखिएको छ । गिरफ्तार गर्नुको कारणबारे प्रहरीले अहिलेसम्म औपचारिक रुपमा धारणा सार्वजनिक गरेको छैन । शान्तिपूर्ण आन्दोलनमा र सम्मेलन, भेलामा सहभागी भइरहेका मजदुर नेताहरुलाई हस्तक्षेप गरी गिरफ्तार गरेर सरकारले संविधानको धज्जी उडाउने काम गरेको महासचिव दाहालद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा भनेका छन् ।

शान्तिपूर्ण भेला, सम्मेलन, संगठन विस्तार गर्ने र राजनीतिक विचार राख्न पाउने स्वतन्त्रताको ग्यारेन्टी उनीहरुकै जारी गरेका संविधानमा व्यवस्था भएपनि वर्तमान सामाजिक दलाल सरकारले उक्त संवैधानिक व्यवस्थाको धज्जी उडाँउदै गरेको गिरफ्तारी एवं हिरासतमा कार्यको हाम्रो संगठन घोर भत्सर्ना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

‘गिरफ्तार गरिएका केन्द्रीय अध्यक्ष अमर झाँक्रीलगायत सबै कमरेडहरुलाई बिना सर्त यथाशीघ्र रिहा गर्न जोडदार माग गर्दछौं’ दाहालले भनेका छन् । सरकारले अपरहण शैलीमा नेताहरुलाई गिरफ्तार गरेको भन्दै उनीहरुलाई तत्काल रिहा नगरिए प्रतिरोधी संघर्ष चलाउन बाध्य हुने चेतावनी पनि उनले दिएका छन् ।

पत्रकार सम्मेलनस्थल संवाद डबलीहातभित्रबाट महासंघका केन्द्रीय अध्यक्ष अमर झाक्री, सचिव देव परियार, केन्द्रीय सदस्यहरु शिशिर थापा, एल. वि. बुढाथोकी, टेक प्रधान, हरिचन्द्र खड्का, भिम अधिकारी, केशवबहादुर बुढा, विनोद सिर्पाइली, शिव परियार र नितु शाहसहित ११ जनालाई पक्राउ गरेको छ ।

यस्तो छ ११ बुँदे प्रस्ताव

१. भारतीय साम्राज्यवाद्वारा हालै नेपालका कञ्चनपुर, झापा, कपिलबस्तुलगायतका अन्य जिल्लाहरुमा भएका सीमा अतिक्रमण तथा अन्य हस्तक्षेपहरुको छैटौं राष्ट्रिय सम्मेलन घोर भत्सर्ना गर्दछ ।

२. देशव्यापी रुपमा राष्ट्रघात, जनघात, भ्रष्टाचार बढ्दो महंगी, कालोबजारीका विरुद्ध संघर्षरत नेकपाका नेता तथा कार्यकर्तामाथि सामाजिक दलाल पुँजीवादी सरकारद्वारा देशव्यापी गरिएको दमन, धरपकड, बेपत्ता र झुट्टा मुद्दाको घोर भत्सर्ना गर्र्दै बेपत्ताको अवस्था सार्वजनिक गर्न र गिरफ्तार नेता, कार्यकर्तालाई निसर्त र तत्काल रिहाई गर्न छैटौं राष्ट्रिय सम्मेलन माग गर्दछ ।

३. सरकारद्वारा जारी गरिएको ‘श्रम ऐन २०७४’ ले मजदूरमाथि थप उत्पीडन गर्न र सरकार एवं रोजगारदाता कम्पनीहरुलाई एकाधिकारवादी बन्न प्रेरित गर्दै ‘हायर एण्ड फायर’, नो वर्क नो पे’ मार्फत मजदूहरुको शान्तिपूर्ण मागपत्र प्रस्तुत गर्ने, सभा सम्मेलन गर्ने र यूनियन दर्ता गर्ने लोकतान्त्रिक अधिकार कुण्ठित गरेकोले उक्त ऐनको खारेज गर्न सम्बन्ध पक्षसँग छैटौं राष्ट्रिय सम्मेलन हार्दिक अपील गर्दछ ।

४. सन् १८१६ देखि यता भारतीय साम्राज्यवादद्वारा लादिएको सम्पूर्ण असमान सन्धी सम्झौताहरु खारेज गरी नयाँ आधारमा विभिन्न समायमा अतिक्रमण गरिएका भू–भागहरु निसर्त फिर्ता गर्न सम्बन्ध पक्षसँग छैटौं राष्ट्रिय सम्मेलन जोडदार माग गर्दछ ।

५. कथित निर्वाचित जनप्रतिनिधिहरुद्वारा देशव्यापी रुरुपमा गरिँदै आएको भ्रष्टाचार, घुसखोरी, महंगी, गुण्डागर्दी विभिन्न उत्पीडनकारी कर असलीलगायतका अतिरिक्त महिलाहरुमाथि देशव्यापी रुपमा भइरहेका ज्यादतिहरु रोक्न तथा मजदूर तथा आम जनवर्गहरुलाई सहजतापूर्वक बाँच्न पाउने अधिकारको ग्यारेण्टी गर्न विभिनन सरोकारवाला संघ संस्थाहरुसँग छैटौं राष्ट्रिय सम्मेलन आग्रह गर्दछ ।

६. अस्थायी, ज्यालादारी, करार र ठेकदारी प्रथाको अन्त्य गरी आधुनिक युगका मूल प्रवाह संवाहक मजदूरहरुलाई स्थायी –नियुक्ति पत्र संचय कोष, सामाजिक सुरक्षा) सहित पेन्सनको व्यवस्थ ागर्न छैटौं राष्ट्रिय सम्मेलन जोड्दार माग गर्दछ ।

७. वैदेशिक मजदूरहरुमाथि दलालहरुबाट हुने ठूलो रकम असुली, न्यून पारिश्रमिक ज्याला, श्रमको क्षेत्रमा देखा परिरहेको असुरक्षा, प्रतिकुल मौसमका लागि आवश्यक पर्ने प्राविधिक सामाग्रीहरुको अभाव आदिलगायतका अन्य उत्पीडितहरुको अन्त्य गर्न विभिन्न सरोकारवाला पक्षहरुसँग छैटौं राष्ट्रिय सम्मेलन ध्यानाकर्षष गर्दछ ।

८. महिला मजदूरहरुमाथि हुने विभिन्न उत्पीडनहरुको अन्त्य (रेष्टुरेन्ट) वैदेशिक रोजगारीको प्रलोभनमा उनीहरुमाथि भइरहेका उत्पीडन, मानव तस्कर तथा बेचबिखन जस्ता जघन्य अपराध र घरेलु हिंसाको अन्त्य गर्न छैटौं राष्ट्रिय सम्मेलन जोडदार माग गर्दछ ।

९. बिगतमा अन्तर्राष्ट्रिय मानव अधिकारको उलंघन गर्दै नेपालमाथि पटक पटक नाकाबन्दी लगाउँदै आएो भारतीय प्रभुत्वलाई निरन्तरता दिन अरुण–३, उपल्लो कर्णालीलगायत जलस्रोत एवं अन्य साधनस्रोत माथि कब्जा गर्ने मनसायका साथ हुन गइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको छैटौं राष्ट्रिय सम्मेलन घोर भत्सर्ना गर्दछ ।

१०.मजदूर उत्पीडनका विरुद्ध दलाल पुँजिवादको सशक्त प्रतिरोध गर्दै राष्ट्रिय पुँजीपति वर्गसँग संघर्ष र सहकार्य गर्दै अगाडि बढ्ने आगामी मजदूर आन्दोलनको कार्यदिशा हुने छैटौं राष्ट्रिय सम्मेलनको निष्कर्ष रहेको छ ।

११. अन्तर्राष्ट्रि तथा नेपालको क्रान्तिकारी मजदूर आन्दोलनले स्थापित गरेका एजेण्डाहरु (जो राज्यबाट खोसिएको) को पुनः प्राप्तिको लागि संघर्ष गर्दै मजदूर वर्गको वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापनाका लागि महान् तथा बपत्ता योद्धाहरुले देखाएको बाटोमा दृढतापूर्वक अगाडि बढ्ने छैटौं राष्ट्रिय सम्मेलन प्रण गर्दछ ।

प्रकाशित मिति : २०७५ बैशाख २५ गते मङ्गलवार