• २०७७ फाल्गुन २४ गते सोमवार
  • Preeti To Unicode

जनकपुरमा मोदी आउदा पसललाई अन्यत्र सार्न भनेपछि आरतीलाई ठुलो चिन्ता


लेकाली अनलाइन
बैशाख २६, जनकपुर ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बैशाख २८ जनकपुर आउदैछन् । यो कुरा सबैलाई थाह छ । अझ विषेश त जनकपुरका व्यापारीदेखि सडकमा हिड्ने सायदै कोही मानिस छनै होला, जसलाई जनकपुरमा मोदी आउने कुरा जानकारी नहोस् । तर, मोदी आएपछि जनकपुरबासीलाई के हुन्छ ? जवाफ छैन ।

मोदी नेपाल आउदा फाइदा हुनुको साटो धेरै घाटा हुने भन्दै धेरैले यतिखेर चिन्ता समेत लिन थालेका छन् । मोदी मुक्तिनाथ जाँदा तीन दिन अन्नपूर्ण पदमार्ग बन्द हुने भएपछि त्यहाँ रोजगार गर्ने धेरैले आफ्नो रोटीरोजी खोसिने भन्दै चिन्ता गरेका छन् ।

त्यस्तै मोदीका लागि जनकपुर ठुलो तरङ्ग बनेको छ । यहाँ मोदीले भाषण गर्ने स्टेजको लागि मात्रै १ करोड २६ लाख खर्च गरिएको छ ।

अझ जनकपुरमा आफ्नो रोटीरोजीको लागि रोजगारी गर्दै आएका व्यवसायीहरुला केहि चिन्ता थपेको छ ।

जानकी मन्दिर नजिकै श्रृङ्गार सानो पसल राख्ने ६० वर्षीया आरती देवीलाई भने मोदीको भ्रमणका बेला पसल बन्द गर्नुपर्ने कुराले ठुलो चिन्ता थपिएको हो । यही पसलको आन्दानीले घरखर्च टरेको छ तर, उनीसंगै मन्दिर परिसरमा पसल थाप्ने धेरैलाई अन्यत्र सर्न भनिएको छ ।

जनकपुर उपमहानगरपालिका २३ बेलाका अनिल कुमार साहलाई मोदीको नेपाल भ्रमणले आफूहरुको दैनिकीमा परिवर्तन नआउने बताउँछन् ।

प्रकाशित मिति : २०७५ बैशाख २६ गते बुधवार