• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

नवलपरासीबासी भन्छ- भारतको बिहारमा जाने पानी बन्द गरिदिन्छौं


वैशाख २६, नवलपरासी ।

नवलपरासीका गण्डक पीडितहरुले बर्षेनी भोग्दै आएको समस्या समाधान नभए भारतको विहार लगिएको पानी रोक्ने चेतावनी दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको नेपाल भ्रमणको मिति नजिकिदै गर्दा गण्डक नदीको समस्या बारे छलफल गरेर टुंगोमा नपुर्याए पानी नै रोकेर पुनः आन्दोलनमा उत्रने पीडितहरुले चेतावनी दिएका हुन् ।

नवलपरासीको त्रिवेणीमा बाँध बनाएर भारतको बिहार उत्तर प्रदेशमा सिंचाइका लागि लगिएको पानीबाट बर्षेनी नेपालीका साबिकका १३ गाबिस डुवानमा पर्दै आएका छन् ।
गण्डक नदी संर्घष समितिका अध्यक्ष दुधनाथ गुप्ताले गण्डक नदीले बर्षेनी निम्त्याउने समस्याको दिर्घकालिन हल नखोजीदा स्थानीयले सधै हैरानी ब्यहोर्ने गरेकोभन्दै अब पनि पिडितका माग सम्बोधन नभए पुन आन्दोलन चर्काउने बताउनु भयो ।

गण्डक पिडितले २०६५ सालबाट आन्दोलन सुरु गरेको १० बर्ष भईसक्दा पनि माग सम्बोधन नभएको भन्दै उहाँले पिडितले पाउनुपर्ने क्षतिपूती नपाए पानी रोकेरै आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।

गण्डक नदीले साबिकका त्रिवेणी सुस्ता, नरसहि, पक्लिहवा, गुठीपर्सौनी, प्रतापपुर, भुजहवा, बैदौली, गुठीसुर्यपुरा लगायत डुबानमा पर्ने गरेका छन् । गण्डक सम्झौतामा गण्डक नदीले नेपालमा र्पुयाएमा क्षतिपुर्ती भारतले ब्यहोर्ने भन्ने प्रष्ट उल्लेख छ ।

तर गण्डकले हरेक बर्ष कटान र डुबान गर्दै आएपनि नेपाली पक्षले अडान नलिदा भारतले क्षतिपुर्ति दिएको छैन । पिडितलाई २ अर्ब १३ करोड ६० लाख ९३ हजार ८३ रुपैया क्षतिपूर्ती दिनपर्ने भएपनि अहिलेसम्म नदिएको भन्दै अध्यक्ष गुप्ताले यसबारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरेर टुङउन पनि आग्रह गर्नुभयो ।

त्रिवेणीस्थित नारायणी नदीमा बाँध बनाएर १९ किलोमिटर नेपाली भुभाग हुदै पानी भारत लगिएको छ । सो पानीले भारत उत्तरप्रदेशको २ लाख ५० हजार हेक्टर जमिनमा सिंचाइ हुदै आएको छ । नेपाली भूभाग हुँदै भारत लगिएको नहरको दुबै किनारमा रहेको लाखौं हेक्टर नेपाली खेती योग्य जमिन डुबानमा पर्ने गरेको छ ।

भारत लगिएको नहरका कारण बर्षात्को बाढीले निकास नपाउँदा नेपाली भूभाग डुबानमा पर्ने गरेको हो । सिमाना नदी मानिएको गण्डकको बहाव नेपाली भूभाग तर्फ बढ्दै गएर बर्षेनी हजारौं खेती योग्य जमिन कटान गर्दै लगेको स्थानीयको भनाई छ ।

प्रकाशित मिति : २०७५ बैशाख २६ गते बुधवार