• २०७७ मङ्सिर २० गते शनिवार
  • Preeti To Unicode

प्रधानमन्त्रीलाई जुत्तामा खाना दिइयो


वैशाख २६, काठमाडौं  ।

खुट्टामा लगाउने जुत्तामा खाना भन्दा पनि हामी सबैलाई अनौठो लाग्छ । देशका नामी र उच्च तहका व्यक्तिको कुरा त परै जाओस् समान्य मानिसलाई पनि जुत्तामा खाना दिने कुरा कल्पना पनि गर्न सकिदैन । तर जापानमा यस्तै भएको छ । जापानका प्रधानमन्त्री शिन्जो आबे र उनकी पत्नीलाई नै इजरायल भ्रमणका क्रममा जुत्तामा खान दिइएको छ । इजरायली प्रधानमन्त्रीका आधिकारिक आवासमा डिनरका क्रममा जुत्तामा डेजर्ट पस्किइएको हो ।

अघिल्लो हप्ता इजरायली प्रधानमन्त्रीका निजी शेफ मोशे सेगेभले जापानका प्रधानमन्त्री र उनकी पत्नीलाई शानदार डिनरको अन्त्यमा धातुबाट बनेको जुत्तामा डेजर्टका रूपमा चकलेट राखेर दिए । जापानी संस्कृतिमा जुत्तालाई अपमानजनक मानिने भए पनि उनीहरुले डेजर्टलाई नहिचकिचाइकन खाइदिए । जब शेफ सेगेभले नै सामाजिक सञ्जालको प्रोफाइलमा जुत्तामा पस्किएको डेजर्ट डिनरको तस्वीर राखे त्यसपछि यो कुरा सर्वत्र फैलियो ।

जापानी प्रधानमन्त्री र उनकी पत्नीले यो कुरालाई सहज रुपमा लिएपनि जापानी र इजरायली राजनीतिकर्मीले यसलाई अपमानजनक रुपमा लिएका छन् । जापानमा लामो समय बसेका एक वरिष्ठ राजनीतिकर्मीले इजरायली एक सञ्चामाध्यममा भने, ‘यो एक असंवेदनशील र बेवकूफ निर्णय थियो । जापानी संस्कृतिमा जुत्ताभन्दा तुच्छ कुरा केही होइन ।

जापानीहरू आफ्नो घरमा मात्र नभई कार्यालयबाहिर पनि जुत्ता निकाल्छन् । प्रधानमन्त्री र अन्य मन्त्री अनि सांसद पनि आफ्नो कार्यालयमा जुत्ता लगाएर जाँदैनन् ।’

प्रकाशित मिति : २०७५ बैशाख २६ गते बुधवार