• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

जनकपुरमा मोदीका लागि बनाएको स्वागत गेट भत्कियो, मजदुर घाइते भए


बैशाख २६, जनकपुर ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको लागि बनाइएको स्वागत गेट भत्किएको छ । बुधबार बिहान आएको हावाहुरीले स्वागतको लागि बनाइएको मुख्य गेट र पण्डाल उडाएको छ । मोदीको अभिनन्दन हुने रंगभूमी बाह्र बिगाह मैदानमा पानी जमेको छ ।

धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी दीपक कर्णका अनुसार हावाहुरीले सडकको पण्डाल खसेको छ । हावा हुरीले पण्डाल निर्माणमा खटिएका मजदुर घाइते समेत भएका छन् ।

मोदीको स्वागतको लागि भन्दै प्रदेश सरकारले गरेको लगानी र मिहेनत खेर गएको छ । पानीले रंगरोगन बगाएको छ ।

मोदी आउन केही घण्टामात्रै बाँकी रहँदा स्वागत गेट भत्किनु र अभिनन्दन गरिने ठाउँमा पानी जम्नुलाई अशुभ संकेतको रुपमा लिएका छन् ।

प्रकाशित मिति : २०७५ बैशाख २६ गते बुधवार