• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

दाङमा छुट्टा छुट्टै दुर्घटना हुँदा ३ जना घाईते


बैशाख २६, दाङ।
दाङमा छुट्टा छुट्टै दुर्घटनाबाट तिन जना घाईते भएका छन् ।

जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर नजिकै आज विहान रा ३ प ९३३५ नम्वरको मोटरसाईकलले ठक्कर दिदा सर्रा निवासी अन्दाजी ६० वर्षिय बृद्ध बासुदेव चौधरी गम्भिर घाईते भएकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । उनलाई थप उपचारका लागी कोहलपुर रिफर गरीएको छ ।

यस्तै लमही नगरपालिका वडा नं. १ नर्तिमा ना ६ ख ८१७५ नम्वरको ट्रकले ठक्कर दिदा रामरती चौधरी घाईते भएका छिन् । घाईते चौधरीलाई थप उपचारको लागी कोहलपुर रिफर गरीएको प्रहरीले जनाएको छ ।

उता भालुवाङको पुलचोकमा हिजो राती रा ४ प ३६५२ नम्वरको मोटरसाईकलले ठक्कर दिदा डिउटीमा खटिएका प्रहरी जवान सिता बस्नेत घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ठक्कर दिने मोटरसाईकल, ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख २६ गते बुधवार