• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानबाट दाङमा विवाह गरेको २० दिन नपुग्दै बेहुलीद्वारा आत्महत्या


बैशाख २७, दाङ ।

सल्यानबाट दाङमा बिहे गरेकी एक युवतीले आत्महत्या गरेकी छिन्।

सल्यानको शारदा नगरपालिका ३ सिरुवारमा माईती घर भएकी सदिक्षा विष्टले दाङ कट्कुँई्या निवासी २० बर्षीय खुमानन्द वली संग प्रेम विवाह गरेको २० दिन नपुग्दै आत्महत्या गरेको खुल्न आएको ईलाका प्रहरी कार्यालय तुलसीपुका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । उनिहरुले यही बैशाख महिनामा मात्रै बिहे गरेका थिए ।

बुधवार सदिक्षाले आफ्नो घर भित्रै पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

ईप्रका तुलसीपुरका प्रमुख सापकोटाले उनीहरुका विचमा फोन मार्फत चिनजान भएपछि प्रेम विवाह गरेको भन्ने खुल्न आएको बताए । विवाह भएको १५÷२० दिन मै किन सदिक्षाले आत्महत्या गरिन ? भन्ने वारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

केटा पक्ष र केटी पक्षलाई ईप्रकामा बोलाएर छलफल सुरु भएको प्रहरीले बताएको छ ।

संकेतिक फाइल फोटो

प्रकाशित मिति : २०७५ बैशाख २७ गते बिहिवार