• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

जनकपुरको साँचो मोदीलाई बुझाइयो, बिरोध गर्ने भन्दै ३७ बढी पक्राउ


बैशाख २८, काठमाडौं ।
नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरको चाबी हस्तान्तरण गरिएको छ ।

जनकपुर उपमहानगरपालिकाले रंगभूमि मैदानमा गरेको नागरिक अभिनन्दनपछि उनलाई जनकपुरको चाबी हस्तान्तरण गरिएको हो ।

चाबी दिँदै जनकपुर अब पूर्णरुपले मोदीको भएको कार्यक्रम सञ्चालकले भनेका थिए ।

त्यसैगरी उनलाई प्रदेस सरकार र जनकपुर उधोग बाणिज्य संघको तर्फबाट १२१ किलोको माला लगाएर सम्मान गरिएको थियो ।

मोदीको बिरोध गर्ने भन्दै ३७ जना बढी पक्राउ

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बिरोध गरेको भन्दै प्रहरीले बुटवलबाट दुई जनालाई पक्राउ गरेको छ ।

राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष डा. हाजी मोहमद हमन र रुपन्देही जिल्ला अध्यक्ष झम गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

जनमुक्ति पार्टी प्रदेश ५ को संयोजन तथा जिल्ला समितिका रुपन्देहीको व्यवस्थापनमा बुटवलको पुष्पलाल पार्कमा बिरोध प्रदर्शन गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले बिरोधसभाका साथै कालो झण्ड प्रदर्शन गरेका थिए । बिरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

त्यस्तै मोदीको विरोध गर्न सक्ने शंकामा प्रहरीले काठमाडौंबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ३५ भन्दा बढी कार्यकर्तालाई पक्राउ गरेको छ।

उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। काठमाडौंको सुरक्षा व्यवस्था चुस्त पारिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए ।

प्रधानमन्त्री मोदीको सवारी स्थल, बासस्थान र मोदी भ्रमणका बेला प्रयोग हुने सडक मार्गमा बिहानैदेखि प्रहरी परिचालन गरिएको छ।

विमानस्थलदेखि मोदी बस्ने हायत होटलसम्म सुरक्षाकर्मी परिचालन गरिएको छ। सादा पोसाकका प्रहरी पनि खटाइएको छ।

उनका अनुसार काठमाडौंका विभिन्न स्थानमा तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ।

प्रकाशित मिति : २०७५ बैशाख २८ गते शुक्रवार