• २०७७ कार्तिक ५ गते बुधवार
  • Preeti To Unicode

भारतीय सांसदले भने- “जनकपुर हाम्रो हो, मोदी जी जनकपुरलाई भारतमा ल्याउनुहोस्”


 बैशाख २८, काठमाडौं ।

भारतका एक सांसदले भने जनकपुर भारतीय भूमि भएको भन्दै फिर्ता लिन माग गरेका छन् । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा आयोजित अभिनन्दन कार्यक्रमलाई सम्वोधन गरिरहेका बेला भारतको लोकसभाका सांसद कीर्ति आजादले यस्तो ट्वीट गरेका हुन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘आदरणीय नरेन्द्र मोदीजी, जनकपुरधाम मिथिलाको राजधानीमा यहाँलाई स्वागत छ, दुई सय वर्ष पहिले अंग्रेज र नेपालका बीचमा भएको सन्धि जसले मिथिलाको भाग नेपालमा दिएको थियो उक्त समय सकिएकाे छ । मिथिलाको यस भागलाई पुन: फिर्ता लिएर सीता आमाको आदर गर्दै मिथिला राज्य घोषणा होस् ।’

अहिले उनको ट्वीटलाई लिएर ट्वीटरमा नेपाली र भारतीयबीचको बहस शुरु भएको छ । कीर्ति आजाद सन् २०१४ मा भारतीय जनता पार्टीका तर्फबाट विहारको दरभङ्गाबाट लोकसभा सदस्यमा निर्वाचित भएका थिए ।

Kirti Azad

@KirtiAzadMP

आदरणीय @narendramodi जी, जनकपुर धाम, मिथिला की राजधानी में आपका स्वागत है। दो सौ साल पहले अँग्रेजों और नेपाल क बीच हुई संधि जिसमें मिथिला के भाग को नेपाल को दिया गया समाप्त हो गया है। अनुरोध है इसे वापस लेँ और माँ सीता का आदर करते हुए मिथिला राज्य का गठन करें। @NitishKumar

प्रकाशित मिति : २०७५ बैशाख २८ गते शुक्रवार