• २०७८ असोज १२ गते मङ्गलवार
  • Preeti To Unicode

गजल : “यी मान्छेहरू लाई एकदिन ज्ञान आउँछ”


गजल
यी मान्छेहरू लाई एकदिन ज्ञान आउँछ ।
सम्झनुहोस् रात परेपछि बिहान आउँछ ।।
बलात्कृत हुदै गरेकि नारीको भनाई हो ।
मलाई बचाउँन अबश्य भगवान आउँछ ।।

अक्षर नचिनेर बाुआमाको जीवन गयो ।
बल्ल साक्षर बनौ भन्ने अभियान आउँछ ।।
कलियूगमा विवाह गर्दा सोच विचार गर्नु ।
नत्र श्रीमती सँगै उपहार सन्तान आउँछ ।।

सानो छोरालाई हातमा पाँच रूपैयाँ दिए ।
हेर्नुहोस् चाउचाउ भन्दै उ दोकान आउँछ ।।

लेखक : कृष्ण कञ्चन सल्यान

प्रकाशित मिती २०७५ बैशाख २८ गते

प्रकाशित मिति : २०७५ बैशाख २८ गते शुक्रवार