• २०७७ मङ्सिर २० गते शनिवार
  • Preeti To Unicode

मोदीको नेपाल भ्रमणले गर्दा हाँस्से टेलीशृङ्खला भद्रगोल रोकियो


बैशाख २९, काठमाडौं ।
मोदीको नेपाल भ्रमणका कारण हाँस्से टेलीशृङ्खला भद्रगोल रोकिएको छ ।

प्रत्यक हप्ताका शुक्रबार राती ८ : ४५ बजेबाट नेपाल टेलिभिजनमा प्रशारण हुने भद्रगोल यो पटकको १७१ भाग रोकिएको हो । मोदीको नेपाल भ्रमणले नै गर्दा यो पटकको १७१ भाग नेपाल टेलिभीजनमा प्रशारण नभएको भद्रगोल टिमले जानकारी दिएको छ । उक्त टीमले भद्रगोलको १७१ औँ भाग तयार पारेर नेपाल टेलिभिजनलाई दिइसकेको तर मोदीको लाइभ टेलिकास्ट प्रशारणमै भएकाले भद्रगोल प्रशारणको समय नभएको उल्लेख गरिएको छ ।

त्यस्तै कुनै कारणबस नेपाल टेलिभिजनमा भद्रगोल रोकिएमा युटुबमा पनि सार्वजनिक गर्न नपाइने सम्झौता भएकाले यो पटकको भद्रगोल युटुबमा पनि रोकिएको उक्त टिमले जानकारी दिएको छ ।

यो पटक रोकिएको भद्रगोल अर्काे हप्ता देखि नियमित प्रशारणमा आउने भद्रगोल टिमले बताएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख २९ गते शनिवार