• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

यी हुन् विश्वकै सबैभन्दा होचा विवाहित जोडी, यिनको उचाई र उमेर यस्तो छ ?


बैशाख २९, काठमाडौं ।

लौ चिन्नुस् विश्वकै होचा र खुसी–सुखी दम्पत्ति । माया र प्रेममा केवल हृदयको आवाज सुनिन्छ । सायद यो भनाई यो जोडीलाई लागू हुन्छ ।

विभिन्न परिस्थितिमा तथा समस्या र चुनौतीलाई झेल्दै यी जोडी दश बर्षदेखि एकसाथ रहँदै आएका छन् । यी हुन्. पाउला ग्रेबियल दा सिल्वा बरोस जो ३० बर्षका भए र उनको प्रेमिका कतुसिया होशिनी २६ बर्षकी छिन् । यी होचा दम्पत्ति ब्राजिलका स्थायी हुन् । यी दुईको भेट १० बर्ष पहिले सामाजिक सञ्जालमा भएको थियो ।

सर्वप्रथम त पाउलोले जब कतुसियासँग बोल्न खोजे तब उनले ब्लक गरिदिएकी थिइन । तर, पाउलोको संघर्षका अगाडि कतुसियाको केही लागेन ।

अन्ततः यी ३ फिटभन्दा होचो जोडीले कीर्तिमान राखे । अर्थात, यो विश्वकै होचा–पुड्का जोडीको गिनिज बुक अफ वल्र्ड रिकर्डमा रेकर्ड दर्ज छ ।

पाउलो एक लिगल सेक्रेटरी हुन् भने कतुसिया ब्यूटी सलुन चलाउँछिन् ।

प्रकाशित मिति : २०७५ बैशाख २९ गते शनिवार