• २०७७ असोज ५ गते सोमवार
  • Preeti To Unicode

जनकपुरपछि काठमाडौंको चाबी मोदीलाई बुझाउने तयारी गर्दै मेयर विद्यासुन्दर शाक्य


बैशाख २९, काठमाडौँ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको आज दोस्रो तथा अन्तिम दिन ।

हिजो जनकपुरबाट आफ्नो भ्रमण सुरु गरेका मोदी आज विहानै मुक्तिनाथको दर्शन गरेर मोदी फर्केका छन् । उनी जोमसुङबाट हेलिकोप्टरबाट काठमाडौँ फर्किने तयारीमा छन् ।

मोदीले त्यसपछि पशुपतिमा गएर पूजा गर्ने कार्यक्रम छ । त्यसपछि उनको सम्मानमा काठमाडौँ महानगरपालिकाले सम्मान गर्ने कार्यक्रममा सहभागी हुन कमलादीस्थित प्रज्ञा भवनमा जानेछन् ।

नागरिकका नाममा महानगरले गरेको सम्मानमा मोदीलाई चाबी हस्तान्तण गर्ने कार्यक्रम रहेको छ ।

आज दिउँसो आयोजना गरिएको कार्यक्रममा काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले मोदीलाई चाबी बुझाउने छन् ।

पौने ३ बजे मोदीका लागि अभिनन्दन कार्यक्रम राखिएको छ ।

शुक्रबार जनकपुर उपमहानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दनपछि पनि मोदीलाई जनकपुरको चाबी बुझाइएको थियो ।

प्रकाशित मिति : २०७५ बैशाख २९ गते शनिवार