• २०७७ असोज ७ गते बुधवार
  • Preeti To Unicode

सल्यान बागचौरमा सुनाए डा. कृष्ण राज डी.सी.ले छन्द कविता !


बैशाख २९, सल्यान
जिल्ला भित्रका साहित्यक सिर्जना र स्रटाहरुलाई जर्गेन उदेश्यले सल्यानको बागचौरमा एकल रचना बाचन सम्पन्न भएको छ ।

बागचौरनगर साहित्य परिषदको आयोजना तथा बागचौर नगरपालीकको आर्थिक सहयोगमा नियमित एकल रचना बाचन अन्र्तगत चौथो श्रृखला सम्पन्न भएको हो ।

एकल रचना वाचन र एकल साँझ अन्तर्गत चौथो शृङ्खलामा बैशाख महिनाको २८ गते शुक्रबार छन्द कवि डा. कृष्ण राज डी.सी.ले आफ्ना करिब २ दर्जन छन्द कविता र गीत दर्शक सामु सुनाए । करिब १५० जना दर्शक स्रोताहरू जम्मा भएको एकल बाचन कार्यक्रममा वाचक कवि डी.सीको हालै प्रकाशित महाकाव्य अल्वर्टआइन्स्टाइन र सापेक्षतावादको चुडामणि के.सीले समीक्षा गरेका थिए ।

परिषदका अध्यक्ष ईन्द्र भण्डारी अंकितको अध्यक्षतामा भएको कार्यक्रममा बागचौर नगरपालीकाका नगरप्रमुख लोकमान बुढाथोकीको प्रमुख आथित्यतामा र उपप्रमुख कल्पना पुनको बिशिष्ट आथित्यतामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ साहित्यकार तथा छन्दकबि डा. डिसिले आफनो एकल रचना बाचन कबिता, गित गरी दुई दर्जन बढि बाचन गरेको बागचौरनगर साहित्य परिषद सल्यानले जनाएको छ ।

अघिल्ला कार्यक्रम भन्दा भिन्न रूपमा सञ्चालन गरिएको यस शृङ्खलामा वागचौर नगरपालिका भित्रका पुरातात्त्विक संरचनाको उत्खनन र संरक्षण गर्ने सन्दर्भमा राप्ती राजमार्ग निर्माणको क्रममा भत्काइएको थारमारे स्थित पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण मानिने पीपल चौताराको पुन निर्माण र अर्काेतिर बन्द कोठामा सीमित रचना वाचनलाई घुम्ती र खुला स्थानमा लैजानेे उद्धेश्यका साथ लिएको नगर साहित्य परिषदका संरक्षक तथा सल्लाहकार पुर्ण भण्डारी पंकजले बताए ।

पुरातात्त्विक र पर्यावरणीय रूपले महत्त्वपूर्ण मानिने पीपल र लाँखुरीको बोट मुनि सञ्चालन गरिएको उक्त कार्यक्रममा पीपलको बोट रोप्ने वागचौर नगरपालीका २ निवासी ८६ वर्षीय बयोबृद्ध बालाराम बस्नेत र कवि डा. कृष्णराज डी.सीलाई प्रमुख अतिथि एवम् नगरप्रमुख लोकमान बुढाथोकीले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले वागचौर नगरपालिका भित्रको कला साहित्य र संस्कृतिको सिर्जनात्मक जिम्मा स्रष्टाहरूले लिनु पर्ने र आर्थिक र व्यवस्थापकीय जिम्मा नगर प्रमुखको नाताले आफूले लिने बताए । यस्ता कार्यक्रमलाई आगामी दिनहरुमा पनि निरनतर दिनुपर्ने बताए ।

साथै कार्यक्रमको समिक्षात्मक टिप्पणी पुर्ण भण्डारी पंकजले गरेका थिए ।

प्रकाशित मिति : २०७५ बैशाख २९ गते शनिवार