• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

मजदुरीकाे लागी नुवाकाेट गएका एक सल्यानीलार्इ बसले ठक्कर दिदा घटनास्थलमै मृत्यु


बैशाख २९, सल्यान ।

सल्यानबाट मजदुरीकाे लागी नुवाकाेट गएका एक मजदुरकाे बसले ठक्कर दिँदा मृत्यु भएको छ ।

नुवाकोटको किस्पाङ–५, मनकामनास्थित चाँपडाँडामा बसले ठक्कर दिँदा आज दिउँसो सल्यान जिल्लाको कालीमाटी गाउँपालिका–३ का कुशल घर्तीको घटनास्थलमै मृत्यु भएको हाे । नुवाकाेटकाे शान्तिबजारबाट सातदोबाटोतर्फ गइरहेको बा ४ ख ७३८९ नं. को बसले सडक निर्माणमा खटिएका उक्त मजदुरलार्इ ठक्कर दिदा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

तिव्रगतिमा रहेको बसले सडक छेउमा ढलनाली निर्माणका लागि पर्खाल लगाइरहेका घर्तीलाई ठक्कर दिएको थियो ।

संकेतिक फाइल फाेटाे 

प्रकाशित मिति : २०७५ बैशाख २९ गते शनिवार