सल्यान २९ वैशाख ।
सल्यानमा एक ट्राफिक प्रहरीमाथि हातपात भएको छ ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न १ सल्लीबजारमा डिउटिमा खटिएका ट्राफिक प्रहरी माथी मोटरसाइकलमा आएका एकजना व्यक्तिले अपशब्द बोल्दै गालीबेजती गरेर हातपात गरेका हुन् ।
भे ५ प ६९६ नम्बर मोटरसाइकलमा आएका गणेश पुनले डिउटीमा खटिएका प्रहरी अमर ओली र जिवलाल भुसाल माथी यस्तो कार्य गरेको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।
मोटरसाइकल चेकजाँच गर्दा कुनै पनि कागजात नबोकेर मोटरसाइकल चलाएको कागजात माग्दा उल्टै अनावश्यक गालिबेजती गर्नुका साथै धकेल पकेल गरेकाे उक्त दुई प्रहरीले बताएका छन् ।
अहिले मोटरसाइकलमा हिडेका गणेश पुनलाई थप अनुसन्धानका लागि ईप्रका सल्लीबजारमा राखिएको छ ।