बैशाख ३०, सल्यान ।
नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आइतबार नेपाल बन्दको आह्वान गरेको छ ।
अरुण तेस्रो जनविद्युत आयोजना भारतलाई सुम्पिएको भन्दै नेकपाले नेकपाले नेपाल बन्दको आह्वान गरेको बताइएको छ ।
यसैबीच सल्यानमा पनि बन्दलाई सफल पार्न नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले सबैलाई अनुरोध गरेको छ । संगठनले सनिवार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो संगठन शिक्षा क्षेत्रमा मात्रै नभएर राष्ट्रघातका विरुद्धमा पनि सडक आन्दोलन गरिरहेको भन्दै बन्द सफल पारिदिन सबैलाई आग्रह गरेको छ ।
अध्यक्ष टंक प्रकाश केसीको हस्ताक्षर विज्ञप्तिमा भनिएको छ – “भर्खरै मात्रै साम्राज्यवाद का नाइके नरेन्द्र माेदिकाे भ्रमण का क्रममा दलाल के पि सरकारले गरेको अरुण ३राष्ट्रघाती सम्झौता ,,राष्ट्रियता काे साँचो भारत लाई बुझाइएको ,माेदिकाे सुरक्षाको नाममा नेपाल काे सुरक्षा व्यवस्था लाइ लज्जित र हिनताबाेध गराउनु नेपाल र नेपाली जनताका बिरुद्ध ठुलो राष्ट्रघात भएको छ फेरि इतिहास का धाेका र गद्दारि दाेहाेरिएका छन !यसकाे प्रतिरोध जरुरी छ र सबै खाले प्रतिरोध राष्ट्रघात विरुद्धको अान्दोलन काे नेतृत्व नेपाल कम्युनिस्ट पाटि ले गरिरहेकाे छ ।”
यस्तो छ विज्ञप्तिको पुर्ण अंश
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी )
जिल्ला समिति सल्यान
प्रेस विज्ञप्ति
संघर्ष र वलिदान र बिजयकाे पर्याय हाम्रो महान तथा गाैरबशाली संगठनअनेरास्ववि
अादरणिय जनसमुदाय ,भर्खरै मात्रै साम्राज्यवाद का नाइके नरेन्द्र माेदिकाे भ्रमण का क्रममा दलाल के पि सरकारले गरेको अरुण ३राष्ट्रघाती सम्झौता ,,राष्ट्रियता काे साँचो भारत लाई बुझाइएको ,माेदिकाे सुरक्षाको नाममा नेपाल काे सुरक्षा व्यवस्था लाइ लज्जित र हिनताबाेध गराउनु नेपाल र नेपाली जनताका बिरुद्ध ठुलो राष्ट्रघात भएको छ फेरि इतिहास का धाेका र गद्दारि दाेहाेरिएका छन !यसकाे प्रतिरोध जरुरी छ र सबै खाले प्रतिरोध राष्ट्रघात विरुद्धको अान्दोलन काे नेतृत्व नेपाल कम्युनिस्ट पाटि ले गरिरहेकाे ।अाज बन्दुकको बलमा राष्ट्र जनता का नारा लगाउने मान्छेलाई जेल काेचीएकाे र लुटकाे स्वर्ग लम्व्याउने उने कुचेष्टा गरिएको छ ।यसरी नेपाल का स्रोत साधन दिनानुदिन बेचिदै नेपाली युवाहरु खाडिमा बेचेर कमिशन खाने दलालहरुका विरुद्ध राष्ट्रघात र जनघात विरुद्ध नेपाल कम्युनिस्ट अाह्वान गरेको बैशाख ३०गते बन्द का क्रममा सल्यान जिल्ला स्थित सबै निजी तथा सामुदायिक शैक्षिक संस्था बन्द गरि राष्ट्रघात र जनघात विरुद्धको अान्दोलन साथ सहयोग र समर्थन का लागि सम्पूर्ण विद्यार्थी ,अभिभावक र जनसमुदाय हरुमा अपिल गर्दछौं !!
मिति २०७५बैशाख २९ टंक प्रकाश के सी
अध्यक्ष
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सल्यान
यस्तो छ नेकपाका महासचिव विप्लवद्वारा जारीी विज्ञप्ति