• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

प्यूठानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २२ घाइते


बैशाख ३०, प्युठान ।
प्यूठानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

महेन्द्रनगरबाट  प्यूठानका लागी छुटेको ना ४ ख १८७६ नम्बरको बस भालुबाङ प्यूठान सडकखण्डको सरुमरानीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको र अन्य २२ जना घाइते भएको प्युठान प्रहरीकार्यालय प्रमुख डीएसपी राजेन्द्र पोखरेलले बताए।

मृत्यम मध्ये चालक कैलाीका बिरबहादुर थारुको पहिचान भइसकेको र एक मृतक महिला बसमा च्यापिएको हुँनाले त्यसलाई बसलाई काटेर बाहिर निकाल्ने काम भइरहेको समेत उनले जानकारी दिए।

घाइते मध्ये गम्भिर पांच जनालाई लुम्बिनी अस्पताल पठाइएको र अन्य १७ जनाको प्युठानको बिजुवार अस्पतालमा उपचार भइरहेको समेत उनले बताए।

संकेतिक फाइल फोटो

प्रकाशित मिति : २०७५ बैशाख ३० गते आइतवार