बैशाख ३० चितवन ।
प्रचण्ड र मिन बहादुर गुरूङको संयुक्त लगानी रहेकाे भनिएकाे भाटभटेनी सुपरमार्केटमा शक्तिशाली बम विष्फोट भएको छ ।
नेपालबन्दकाे बिहानै चितवन जिल्लाको भरतपुर महानगरपालिकामा रहेको भाटभटेनीमा विष्फोट भएको बताइएको छ ।
विवादित व्यवसायी मिनबहादुर गुरुङको सुपर मार्केटले म्याद सकिएका बस्तु बिक्री गरेको, सरकारलाई कर छली गरेको र महंगोमा सामान बेचेको भन्दै विरोध भइरहेको थियो । बम कसले र किन बिस्फोट गराएको हो भन्ने नखुलेपनि प्रहरीले अनुसन्धान गरिरहेको छ । विस्फोटबाट ठूलो क्षति नभएपनि भवनको पर्खाल र सीमा फुटेका छन् ।
घटनाको विवरण आउन बाँकी छ । यस्तै खैरेनी नगरपालिकाको पर्षा बजार, राप्ती नगरपालिकामा रहेको चिप्ले स्थित वडा नम्वर १ को कार्यालयमा शक्तिशाली बम विस्फोट भएको छ ।
समाचारका अनुसार दुबै विस्फोटको विवरण आउन बाँकी छ । बन्दको प्रभावले चितवन, झापा, धरान, विराटनगर, बर्दिबास, पोखरा, नवलपरासी, बुटवल, कञ्चनपुरलगायत क्षेत्रमा बन्दकाे पूर्ण प्रभाव रहेकाे छ ।
काठमाडौंलगायत देशैभरीका विभिन्न ठुला साना शहरमा यातायात, कलकारखाना, शैक्षिक संस्था, सरकारी कार्यालय बन्द रहेका छन् भने बिहानै देखि सडक सुनसान रहेको बताइएकाे छ।