बैशाख ३०, दाङ।
नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको एक दिने नेपाल बन्दको प्रभाव देशभर परेको छ ।
ठाउँठाउँमा सवारी साधन राेकिएका छन् भने सडक सुनसान देखिएकाे छ । यसैबिच दाङमा सवारी साधान नचलेको तर प्रहरीले जबरजस्त चलाउन दवाव दिइरहेको बताइएको छ । साथै बन्दकर्ताहरुले शान्तिपूर्ण बन्द गरिरहेकाे बेला दाङ देउखुरीको धान खोलामा प्रहरीले गोली चलाएको छ । बन्दकर्ताहरुले सवारी सधानलाई बन्दको पालन गर्न आग्रह गरिरहेको बेला प्रहरीले गोली चलाएको बताइएको छ ।
प्रहरीले अन्दाधुन्दा हवाई फायर गरेको स्थानीयले बताएका छन् । अहिले सो क्षेत्र शान्त रहेको छ ।
त्यसैगरी धादिङको धुनिबेशी चालिसे बजारमा भारतीय नम्बर प्लेटका दुईवटा ट्रकमा आगजनी भएको छ । आइतबार बिहान साढे २ बजेतिर भएका २० चक्के ट्रकमा अज्ञात समूहले आगजनी गरेको हो ।आगलागीबाट आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६ नम्बर प्लेटको ट्रक पूर्णरुपमा क्षतीग्रस्त भएका छन् ।
बम कसले र किन बिस्फोट गराएको हो भन्ने नखुलेपनि प्रहरीले अनुसन्धान गरिरहेको छ । विस्फोटबाट ठूलो क्षति नभएपनि भवनको पर्खाल र सीमा फुटेका छन् ।
त्यस्तै नेकपाका कार्यकर्ताले वीरगंजको बसपार्कमा १५ दिन देखी रोकीराखेको वीरगंज ठोरी चल्ने ग १ ख ३१४७ नम्बरको यात्रुवाहक वसमा आइतबार विहान आगजनी गरेका छन् । आगजनीले बस पुर्ण रुपमा जलेको पर्सा प्रहरीले जनाएको छ ।
बन्दकर्ताले अवज्ञा गरेको भन्दै विहानैदेखि सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् । काठमाडौँमा विहानै दुई ट्याक्सीमा तोडफोड भएका छन् । पेप्सीकोलामा एउटा बसमाथि आगजनी भएको छ ।
बन्दकर्ताहरुले बाटो अबरोध झापाबाट चल्ने लामो र छोटो दूरीमा सवारी साधान चलेका छैनन् । त्यस्तै माइखोलाको पुलमा बन्दकर्ताहरुले अबरोध राखेपछी प्रहरीले गाडी चलाउन दिएको छैन । त्यस्तै, झापाको सितापुरीमा बन्दकर्ताहरुले एउटा बस र एउटा ट्रकमा ढुङ्गा प्रहार गरेका छन् ।
उता चितवनमा प्रचण्ड र मिन बहादुर गुरूङको संयुक्त लगानी रहेकाे भनिएकाे भाटभटेनी सुपरमार्केटमा शक्तिशाली बम विष्फोट भएको छ । जिल्लाको भरतपुर महानगरपालिकामा रहेको भाटभटेनीमा विष्फोट भएको बताइएको छ ।
विवादित व्यवसायी मिनबहादुर गुरुङको सुपर मार्केटले म्याद सकिएका बस्तु बिक्री गरेको, सरकारलाई कर छली गरेको र महंगोमा सामान बेचेको भन्दै विरोध भइरहेको थियो । बम कसले र किन बिस्फोट गराएको हो भन्ने नखुलेपनि प्रहरीले अनुसन्धान गरिरहेको छ । विस्फोटबाट ठूलो क्षति नभएपनि भवनको पर्खाल र सीमा फुटेका छन् ।
त्यस्तै केही दिन रोकिएको एनसेलमाथि बम आक्रमण फेरि सुरु भएको छ । बाँकेका विभिन्न २ स्थानमा रहेका टावरमा आगजनी गरेको छ ।
खजुरा गाउँपालिका ८ रनियापुर र बैजनाथ गाउँपालिका ६ जि गाउँमा रहेको एलसेलको टावरमा अज्ञात समुहले शनिबार राति बम विस्फोट गर्नुको साथै आगजनी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेक बहादुर तामाङका अनुसार आगजनीबाट दुवै टावरमा राखिएका जेनेरेटरमा आंशिक क्षति पुगेको छ । रनियापुरको टावरमा शनिबार राती साढे १० बजेतिर अज्ञात समुहले आगजनी गरेको थियो भने जि गाउँको टावरमा पौने १२ बजेतिर आगजनी गरिएको प्रहरीले जनाएको छ ।
अज्ञात समुहले आगजनी गरे पनि समयमै पुगेको प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । टावरका महत्वपूर्ण उपकरणहरुमा क्षति नपुगेको प्रहरीले जनाएको छ ।
कर छलि गरेको भन्दै विरोध गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले आक्रमण गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । टवारमा क्षतिका कारण केही समय सो क्षेत्रमा सेवा अवरुद्ध भएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा अरुण–३ शिलन्यासलगायत राष्ट्रघाती सम्झौता भएको भन्दै नेकपाले आइतबार एक दिन नेपाल बन्दको आह्वान गरेको थियो । शनिबार नेकपाका महासचिव विप्लवले विज्ञप्ति जारी गरेर नेपाल बन्दको घोषणा गरेका थिए ।
नेपाल बन्दले अाज लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन् । उद्योग कलकारखाना, शिक्षण संस्था, बजार र यातायात बन्द छन् ।
संकेतिक फोटो फाइल