बैशाख ३०, सल्यान ।
सल्यानको बागचौर नगरपालिकामा १० पिपलनेटामा रहेको महेन्द्र माविमा शिक्षकको विषयलाई लिएर विवाद मच्चिएको छ ।
हाल विद्यालयमा आवश्यक रहेको मावि तह अन्तर्गत कम्पुटर र नेपाली शिक्षक, त्यसैगरी निमावि तह अंग्रेजी शिक्षक नियुक्तिको विषयलाई लिएर विवाद सिर्जना भएको हो । स्कुल प्रशासन र विद्यालय व्यवस्थापन समितिले कसैलाई जानकारी नबनाई आफ्नो मातहतको व्यक्तिलाई शिक्षकमा नियुक्ति गराएको भन्दै स्थानीयहरुले नगर शिक्षा समितिलाई निवेदन लेख्दै विरोध जनाएका छन् ।
उनीहरूले नगर शिक्षा संयोजकलाई पत्र बुझाएर वि.व्य.स. र प्रशासन शिक्षाको नीति नियम विपरीत गएको भन्दै पहिलेको नियुक्ति तत्काल बदर गरेर खुल्ला बिज्ञापन गरि प्रतिस्पर्धाबाट पद पुर्ती गर्न माग गरेका छन् ।
विद्यालयमा विगत देखि भएको आर्थिक चलखेल, उमेरको हदबन्दी, एउटै शिक्षकलाई दुईवटा विद्यालयमा नियुक्ति दिएको र विद्यालयमा गलत क्रियाकलाप भएको भन्दै उनीहरूले पत्रमार्फत विरोध समेत गरेका छन् ।
पत्रमा देवेन्द्र गिरी, धुर्वराज केसी, चुडामणिा केसी, छविलाल अधिकारी, झक्कु प्रसाद शर्मा, हरि केसी, मनोज अधिकार, दिपक केसी र नवराज केसीले हस्ताक्षर गरेका छन् ।
उता नगर शिक्षा संयाजक समेत रहेका बागचाैर नगरपालिका नगरप्रमुख लोकमान बुढाथोकीले यस विषयमा सरकारले अहिले स्थानीय तहलाई नियम कानुन नदिएको बताएका छन्। तर कुनै पनि ठाउँमा शिक्षक राख्दा खुल्ला विज्ञापन गरेर प्रतिस्पर्धाबाट राख्नुपर्ने भन्दै यस्तो कार्यमा आफ्नो आपत्ति भएको नगरप्रमुख बुढाथोकीले बताएका छन् ।
यस्ताे छ पत्र