• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

कुमाख गाउँपालीका ४ मा खेलकुद प्रतियोगिता सुरु


मिसर कुमार आचार्य
बैशाख ३०, सल्यान ।

सल्यानको कुमाख गाउँपालीका वडा नम्बर ४ मा आइतबारदेखि वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।

राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ वडा खेलकुद बिकाश समितीको आयोजनामा एक कार्यक्रम बिच खेलकुद प्रतियोगिता कार्यक्रम गाउँपालिकाकी अध्यक्ष दिलमाया बुढामगरले उद्घाटन गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बुढामगरले सबैले खेलकुद प्रति चासो राख्नुपर्ने बताएकी छन्। उनल खेलकुदले मानिसलाई तन्दुरुस्त राख्ने भन्दै स्थानिय स्तरमा रहेका युबाहरु माथिल्लो तह सम्म पुग्न खेलकुद प्रती चासो राख्ना अनुरोध गरेकी छन् ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्याक्ष डिल्ली राज जैशिले खेलकुदलाई विशेष जोड दिएर आगमी कार्यक्रममा खेल क्षेत्रलाई प्राथमिकता दिने पनि बताएका छन् ।

वडा नम्बर ४ का वडा अध्यक्ष तिलबिर बुढाले खेलको माध्यमबाट मानिसले आफ्नो शरिरिका सबै अंगहरुलाई चलायमान राख्ने भन्दै हरेक समाजमा बिभिन्ना खेलप्रती रुचि रहेका बालबालिका तथा युवाहरुलाई उजागर गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा गाउँपालीका अध्यक्ष दिलमाया बुढा, उपाध्यक्ष डिल्ली राज जैशी ,वडा नं ४ का वडा अध्यक्ष तिलबिर बुढा लगाएत गाउँ कार्यसमिती सदस्य, वडा सदस्य, पत्रकार ,बिभिन्ना दलका प्रतिनिधिको उपस्थित रहेको थियो भने कार्यक्रम सहजिकरण चित्रनाथ योगिले गरेका थिए।

खेलकुद जेठ १ गतेसम्म चल्ने छ । खेलकुदहरुमा महिला-पुरुष भलिबल, लामो दौड, छोटो दौड, हाईजम्प, लङजम्प, त्रिपल जम्प, सटपुट चल्नेछन् ।

प्रकाशित मिति : २०७५ बैशाख ३० गते आइतवार