• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा असिनापानीले २ करोड मूल्य बराबरको सुन्तलामा क्षति


बैशाख ३०, सल्यान ।

सल्यानमा केहिदिन अघि परेकाे असिनापानीले २ करोड मूल्य बराबरको सुन्तलामा क्षति पुर्‍याएको छ।

सुन्तलाको ‘पकेट’ क्षेत्रको रूपमा रहेको कोटमौला, पिपलनेटालगायतमा क्षेत्रमा परेको असिनापानीले क्षति पुर्‍याएको जिल्ला कृषि विकास कार्यालय सल्यानले जानकारी दिएको छ। असिनापानीले कोटमौला क्षेत्रको सुन्तलामा २५ प्रतिशत क्षति अर्थात ५० मेट्रिक टन सुन्तलामा क्षति गरेको वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्मा घिमिरेले जानकारी दिए। उनका अनुसार गतवर्षको मूल्यसँग तुलना गर्दा करिब दुई करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।

असिनापानीले सुन्तलाको सानो दाना झारिदिँदा आफूहरूको आम्दानीको स्रोतमा कमी आएको किसानहरूले बताएका छन्।

यस्तै कपुरकोट गाउँपालिका अन्नगत जलवांगमा ५० रोपनी क्षेत्रफलमा लगाएको टमाटरमा क्षति पुगेको छ। असिनापानीले १८ लाख मूल्य बराबरको टमाटरमा क्षति गरेको घिमिरेले बताए।

प्रकाशित मिति : २०७५ बैशाख ३० गते आइतवार