• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

ज्ञानेन्द्रकाे शासन शैली जस्तै गरेर प्रहरी रेडियाेभित्र पस्यो, अन्तरवार्ता दिँदादिँदै नेकपाका नेता गिरफ्तार


बैसाख ३०, कैलाली।

अाेली सरकारले पुर्वराजा ज्ञानेन्द्रकाे शैली अपनाएकाे छ भने त्यहीबाट संचालित कैलाली प्रहरीले अहिलेसम्मकै लाजमर्दो हर्कत देखाएको छ ।

प्रहरीले प्रेस जगतको धज्जी उडाउदै नेपाल कम्युनिस्ट पार्टीका नेता दिलबहादुर साउदलाई रेडियोको लाइभ काेठाबाटै गिरफ्तार गरेको छ ।

कैलालीको लम्कीस्थित ‘रेडियो पश्चिम आवाज’मा अन्तरवार्ता दिँदै गर्दा साउदलाई गिरफ्तार गरिएको हो । नेकपा कैलालीका सचिवालय सदस्य समेत रहेका नेता साउदलाई आइतबार बेलुका अन्तरवार्ता दिँदादिँदै स्टुडियोभित्रै हतियारसहित प्रवेश गरेको प्रहरी टोलीले गिरफ्तार गरेको थियो ।

 

ज्ञानेन्द्रकालिन समयमाझैं प्रहरी हतियारसहित संचारगृहभित्र प्रवेश गरेको भन्दै कैलालीको संचारकर्मीहरुले तथा मानव अधिकारकर्मी र सामुदायीक रेडियाेले विरोध जनाएका छन् । उनीहरुले प्रहरीको उक्त कार्य निन्दनीय भएको बताए ।

त्यसैगरी अछामबाट दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ । नेकपाका स्थानीय कार्यकर्ता लोकेन्द्र रावल र कर्मचारी टेकबहादुर शाहीलाई प्रहरीले आइतबार गिरफ्तार गरेको हो । उनीहरुलाई बाटोमा हिडिरहेको अवस्थामा गिरफ्तार गरेको नेकपाल अछामले जनाएको छ ।

तीनै जनाको गिरफ्तारप्रति नेकपा सेती ब्यूरोले आपत्ति जनाउँदै रिहाईको माग गरेको छ । ब्यूरो इन्चार्ज सिकन्दरले बाटोमा हिडिरहेको अवस्थामा र संचार गृहभित्रै प्रवेश गरी गिरफ्तार गरेर सरकारले ज्ञानेन्द्रकालिन समयको झल्को दिएको भन्दै आपत्ति जनाएका छन्

प्रकाशित मिति : २०७५ बैशाख ३० गते आइतवार