• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

ओलीलाई मोदीले ‘कोली’ किन भने ? यस्तो छ कोलीको अर्थ (सर्वेक्षणसहित)


बैशाख ३१, काठमाडौँ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुई नेपाल भ्रमण सकेर स्वदेश फिर्ता भइसकेका छन् । भ्रमण मोदीको लागि निकै सफल भएपनि नेपालले के पायो भन्ने कुरा बहसकै विषय छ ।

मोदी फर्केपछि नेपाल सरकारले भ्रमण सफल भएको भन्दै धारणा सार्वजनिक गर्यो । त्यसैगरी आइतबारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मोदीको भ्रमणबाट नेपालले धेरै फाइदा भएको बताए ।

तर, मोदीको भ्रमणको क्रममा सरकारले राष्ट्रहित विरोध कार्य गरेको नेपाल कम्युनिस्ट पार्टीले आइतबार एक दिने नेपाल बन्दको आयोजना गर्यो । मोदीको भ्रमणको क्रममा भारतीय सेना हतियारसहित जनकपुर, मुस्ताङ र काठमाडौँमा मार्चपास गरेको, अरुण–३ भारतलाई सुुम्पिएको, मुक्तिनाको भ्रमणको क्रममा मन्दिरको गोपनियतालाई मोदीले भंग गरेको भन्दै जनस्तरबाटै आलोचना भइरहेको छ । मोदीको नेपाल भ्रमणबारे जनतस्तरबाटै बहस भइरहेको छ ।

बहसमा सहभागीहरुले प्रधानमन्त्री ओलीले आफ्नो पहिचान नै गुमाएको र प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले देशकै बेइजत हुने गरी मोदीकै अगाडि अभिव्यक्ति दिएको, उर्दी जारी गरेर जनतालाई जम्मा पारेर नागरिक अभिनन्दन भन्दै मोदीलाई गरेको सम्मान पनि बहसको विषय बनेको छ ।

त्यस्तै मोदीले भ्रमणको क्रममा झुटा आश्वासन दिएको, त्यसमा प्रधानमन्त्री ओली मख्ख भएकोजस्ता विषय पनि बहसमा आएका छन् । यो बहसलाई हेर्दा ओलीले नाकाबन्दीबाट कमाएको राष्ट्रवाद गुमाएको भन्न सकिन्छ । किनकी प्रधानमन्त्री ओलीले ठिक गरे भन्ने एउटाको पनि हिम्मत छैन ।

मोदीले ओलीलाई ‘भाईसाप’ भन्दै नयाँ नाम राखिएको विषय पनि चर्चाको विषय बनेको छ । मोदीले जनकपुर सम्बोधनको क्रममा ओलीलाई ‘कोली’ भनेर सम्बोधन गरेका थिए । कतिपयले मोदीको ‘टोनस्लिप’ भनेपनि त्यो नभएको खुलेका छन् । मोदीले ओलीलाई उचाल्न र पछार्न उक्त शब्दको प्रयोग गरेका हुन् । यसको अर्थ राम्रो र नराम्रो दुबै हुन्छ । हिन्दीमा ‘कोली’ को अर्थ सक्षम, हंसमुख, गम्भीर, अस्थितर, मैत्रीपूर्ण, ध्यान, सक्रिय, रचनात्मक, आधुनिक, उदारको साथै भाग्यशाली भन्ने हुन्छ । ओलीलाई खुशी पार्न मोदीले यो शब्द प्रयोग गरेका हुन् । उनले आफूजस्तै ड्रेस लगाएर उदार भएको देखाएको, मैत्रीपूर्ण बनेको, उदार हंसमुख भने । त्यसैगरी आफूसँगको सम्बन्ध सुधार गरेर ओली भाग्यमानी भएको मोदीको ठम्याई हो ।

कोली शब्द कुनमा कति प्रयोग हुन्छ भन्नेबारे हिन्दी एक साइट सर्वेक्षण गरेको छ । यस्तो छ नजिता

यो त भयो ‘कोली’को सकारात्मक अर्थ । यसको अर्थ खासै नराम्रो नभएपनि बोलचालिमा यही शब्दलाई लिएर खिसिट्यूरे गर्ने चलन पनि भारतमा लामो समयदेखि विद्यमान छन् ।

विकिपिडिया हिन्दीका अनुसार भारतको गुजरात, राजस्थान, मध्यप्रदेश, महाराष्ट्र, हरिणा, हिमाचल र उत्तर प्रदेशमा ‘कोली’ समुदायको बसोबास छ । यो सीमान्तकृत तथा पिछडिएको जनजाति समुदाय हो । यो जातीको सम्बन्ध गौतम बुद्धसँग पनि जोडिएको छ । राजा शुद्धोधनको घरमा महामाया कोलिया ‘कोली’ जन्म भएको मानिन्छ । यही महामायाकै वंश हो हुन्, अहिलेका कोली ।

यो समुदाय सीमान्तकृत भएकै कारण उसको राज्यमा राम्रो पहुँच छैन । सिमित व्यक्ति पढे लेखेका वा सरकारी जागिरे भएपनि अधिकांशको अवस्था भने दयनीय नै छ । भाजपाका लोकसभा सदस्य बाट बहादुर सिंह कोली, धमेन्द्रसिंह कोलीलगायत सिमित व्यक्ति राजनीतिमा छन् ।
भारतमा कोही गरिबलाई नराम्रो शब्द प्रयोग गर्दा ‘कोली’ भन्ने चलन छ । गरिब, भन्न बोल्न नसक्ने, राज्यमा पहुँच नभएको, अशिक्षित, गवार, भिकारी, कुरा नबुझ्ने, अरुणको घरमा काम गर्नेलाई भारतका ठूलाबडाले ‘कोली’ भन्ने गर्दै आएका छन् ।

कुरा रह्यो मोदीको, प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही अर्थमा भनेको भन्न सकिन्छ । नेपाललाई गरिब, अविकशित, नेपालीलाई अशिक्षित भन्दै हेप्दै आएको सन्दर्भमा मोदीले माथि भनिएजस्तै राम्रो अअर्थमा ओलीलाई ‘कोली’ भने होलान् भन्ने सकिँदैन । नेपाली समाजजस्तै भारतीय समाज पनि अर्थभन्दा पनि भावमा चल्छ । अर्थ राम्रो भएपनि भावमा उनले नराम्रो भनेका हुन् भन्न गारो छैन ।

धार्मिक अतिवादलाई आधार बनाएका राजनीतिका चतुर खेलाडी र भाषणमा माहिर खेलाडी मोदीले दुबै अर्थ लाग्ने गरी कोली शब्द प्रयोग गरेको अनुमान गर्न सकिन्छ । नेपालप्रतिको भारतीय हेराई र हेपाईकै कारण मोदीले गरिब, अविकशित, अरुको काम गर्ने भन्दै ओलीको अपमान गरेका हुन् ।  मोदीको अभिव्यक्ति अापत्तिजनक छ । अनलाइन डबलीबाट

प्रकाशित मिति : २०७५ बैशाख ३१ गते सोमवार