• २०७७ कार्तिक ९ गते आइतवार
  • Preeti To Unicode

एमालेबाट निर्वाचित वडाध्यक्षले जंगलमा लगेर महिलालाई बलात्कार गरेपछि…


बैशाख ३१, तनहुँ ।

नेकपा एमालेबाट निर्वाचित एक जनप्रतिनिधिले श्रीमान् विदेश भएकी एक महिलालाई बलात्कार गरेका छन् । तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमालले श्रीमान् पठाएको पैसा बैंकबाट ल्याएर फिर्ता भइरहेकी महिलालाई जबरजस्त मोटरसाइकलमा राखेर जंगल लगेर बलात्कार गरेका हुन् ।

यही बैशाख २५ गते दिउँसो नवलपरासी बर्दघाट सुस्ता पूर्वजिल्ला डेढगाउँको वनमा लगी वडाध्यक्ष कुमालले जबर्जस्ती गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी छन् ।

पीडित महिलाका अनुसार बालीघाट पुलमा भेटेका वडाध्यक्ष कुमालले मोटरसाइकलमा बैंकसम्म पुर्याएका थिए । पैसा झिकेर फर्किने क्रममा महिलालाई जबरजस्ती मोटरसाइकलमा राखेर जंगल पुर्याएका थिए । “दिदीकहाँ मोटरसाइकल रोक्न आग्रह गर्दागर्दै पनि नरोकी जंगलमा लगेर मेरो इज्जत नै लुटियो” ती महिलाले भनिन् ।

पीडित महिलाले करणीसम्बन्धी मुद्दामा शनिबार जाहिरी दिएको नवलपरासी बर्दीघाट सुस्तापूर्व जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक प्रकाश सिम्खडाले बताए । उनको दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

पीडितले जाहेर दिनासाथ आरोपी कुमाललाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय डेढगाउँ र जिल्ला प्रहरी कार्यालय तनहुँलाई पत्रचार गरिसकेको उनले बताए ।

वडाअध्यक्षले नै अर्को जिल्लाकी महिलालाई जंगलमा लगेर बलात्कारको आरोप लागेपछि घिरिङ गाउँपालिकामै खैलाबैला मच्चिएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख ३१ गते सोमवार