• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा शिक्षक नियुक्तीकाे विषयलार्इ लिएर अाराेप-प्रत्याराेप उत्पन्न


बैशाख ३१, सल्यान ।

सल्यानमा शिक्षक नियुक्तीकाे विषयलार्इ लिएर अाराेप प्रत्याराेप उत्पन्न भएकाे छ ।

जिल्लाकाे बागचाैर नगरपालीका १० पिपलनेटामा रहेकाे महेन्द्र माविमा शिक्षक को विषयलाई लिएर विवाद सँगै एक अर्काले अाराेप प्रत्याराेप लगाउने काम भएकाे छ । अाराेप प्रत्याराेपकाे जराे हाल विद्यालयमा आवश्यक रहेको मावि तह अन्तरगत कम्पुटर र नेपाली शिक्षक, त्यसैगरी निमावि तहमा अंग्रेजी शिक्षक नियुक्तिको विषयलाई लिएर भएको हो ।

एक पक्षले स्कुल प्रशासन र विद्यालय व्यवस्थापन समितिले कसैलाई जानकारी नबनाई आफ्नो मातहतको व्यक्तिलाई शिक्षकमा नियुक्ति गराएको भन्दै नगर शिक्षा समितिलाई निवेदन लेख्दै विरोध जनाएकाे छ । त्यसैगरी अर्काे पक्षले सबैलार्इ जानकारी गराएर समितीकाे बहुमतले शिक्षक नियुक्ती गरेकाे बताएकाे छ ।

स्थानीय देवेन्द्र गिरी, धुर्वराज केसी, चुडामणिा केसी, छविलाल अधिकारी, झक्कु प्रसाद शर्मा, हरि केसी, मनोज अधिकार, दिपक केसी र नवराज केसीकाे हस्ताक्षर रहेकाे पत्र सार्वजनिक गर्दै वि.व्य.स. र विद्यालय प्रशासन शिक्षाको नीति नियम विपरीत गएको भन्दै पहिलेको नियुक्ति तत्काल बदर गरेर खुल्ला बिज्ञापन गरि प्रतिस्पर्धाबाट पद पुर्ती गर्न माग गरेका छन् ।

उता वि.व्य.स.का अध्यक्ष राजेश गिरीले सबैकाे सहमतिमा शिक्षक राखेकाे बताएका छन् । उनले पहिले सबैलार्इ सम्पर्क गरेकाे तर अहिले अाएर विराेध गर्नु लजास्पद काम भएकाे बताएका छन् । उनले भने-“सहमतिकाे लागी हामीले उक्त दाेस्राेकाे पक्षलार्इ जानकारी गराएका हाैँ । उनिहरू बाहिर भएकाले फाेनमार्फत हुन्छ भनेका थिए । तर अहिले अाएर बाहिर बाहिर विराेध गर्नु काम लजास्पद हाे ।”

यसैबिषयलार्इ लिएर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बागचाैरले सत्य तथ्य छानविन गर्नुपर्ने बताएकाे छ ।

उक्त संगठनले अाज एक प्रेस विज्ञप्ती सार्वजनीक गर्दै यस्ताे क्रियाकलापले विद्यालयकाे चरित्रमाथि अाँच अाउने भन्दै तत्काल छानविन गरेर कारबाहीकाे प्रकृया अघि बढाउन अाग्रह गरेकाे छ । नगर कमिटी अध्यक्ष विष्णुबाबु शर्मकाे हस्ताक्षर विज्ञप्तीमा भनिएकाे छ-“उक्त विषयमा तत्काल छानविन गरी कारबाहीकाे प्रकृया अगाडी नबढाए हाम्राे संगठन अान्दाेलनकाे प्रकृयामा अगाडी बढ्ने छ ।”

 

प्रकाशित मिति : २०७५ बैशाख ३१ गते सोमवार