• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

मन्त्रीपद छाेडेर बंगुर पालन व्यवसायी तिर लागे यी नेपाली मन्त्री


बैशाख ३१, काठमाडाैं ।

सडकमा कुनै बेला साइरन बजाउँदै अन्य सवारीलार्इ उछिन्दै हिँड्ने मन्त्री अाजभाेलि बंगुरका पाठासँग खेलिरहेका भेटिन्छन् भन्दा तपार्इलार्इ पत्यार नलाग्न सक्ला । तर यथार्थमा ती मन्त्री बंगुर फार्ममा र मकैबारीमा रमाउन थालेका छन् ।

सामाजिक सञ्जालमा अाफ्नाे पाैरख देखाउँदै नेपाली राजनीतिका चर्चित राजनीतिज्ञ तथा पूर्व सूचना तथा संचारमन्त्री जयप्रकाश गुप्ता अहिले खेतीपातीमा लागेका छन् । उनले लेखेका छन्, ‘मज्जा लाग्छ, मकै टिप्ने बेला हुन लाग्यो । बंगुरपनि हुर्कदै छ । माछाको भुरा हालियो । न संसद, न प्रतिपक्ष; आफ्नो हात जगन्नाथ ! तर, सरकारको दया त चाहिन्छ हैं !’

पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका गुप्ता शुरुमा जयप्रकास आनन्दको रुपमा परिचित थिए । राजनीतिमा आएसँगै उनी जेपी आनन्द भएका हुन । नेपाली काँग्रेसको राजनीतिबाट साँसद हुँदै मन्त्री बन्ने अवसर पाएका गुप्ता खुमबहादुर खड्काहरु सँगै भ्रष्टचारको आरोप लाग्यो ।

बिशेष अदालतबाट सफाइ पाएपनि सर्वोच्चले निर्णय उल्टाइदिँदा उनी जेल समेत जानु प¥यो । नेपाली काँग्रेस फुट्दा संस्थापन काँग्रेसमै रहेका गुप्ता ०६२, ६३ को आन्दोलनपछि पार्टी नेता बिजयकुमार गच्छदारसँग उपेन्द्र यादवको मधेसी जन अधिकार फोरममा लागे ।

प्रकाशित मिति : २०७५ बैशाख ३१ गते सोमवार