• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानकी यी महिलाले दाङमा मिस्त्रीको काम गरेर मासिक ६० हजार कमाउछिन्


शरद रेग्मी
जेठ १, दाङ ।

जस्ले मजदुर र मिस्त्रीको काम गर्न थाल्यको पाँच वर्ष विति सकेको छ । सुरुमा मजुदरी मात्रै गर्ने उनले आज आएर घरको गारा लगाउने मिस्त्रीको समेत काम गर्दै आएकी छन् । सल्यान सारदा नगरपालिका वडा नं. १४ निवासी ४८ बर्षीया जानकी भण्डारी अहिले तुलसिपुर क्षेत्रमा एउटा राम्रो मिस्त्रीको पहिचान स्थापित गर्न सफल महिला हुन ।

पछिल्लो सयम उनले आफै ठेक्कामा घर तथा भवन निर्माणको कामको जिम्मा लिने गर्छिन । छिटो छरितो काम मात्रै हैन राम्रो फिनिसिङको काम समेत आफुले गर्दै आएको भण्डारीले बताइन । ‘ घर ,मन्दिर तथा अन्य कार्यालयहरुको काम गर्दै आएकी छु।’ भण्डारीले भनिन् । तुलसिपुर स्थित कारागारको भवन निर्माणमा समयमै राम्रो काम गरेको भन्दै उनलाई पुरस्कृत समेत गरिएको थियो ।

४८ बर्षिय भण्डारी काम गर्न लाज मान्न नहुने बताउँछिन । ‘पौरख गरेर खान के को लाज ?’ उनले जवाफ दिइन । जाँगरिलो र मेहनती व्यक्तिलाई स्वदेशमै काम फालाफाल भएको उनले बताइन । ‘ गरे यही छ नि, नगरे कही छैन ।’ उनले भनिन् । सुरु सुरुमा उनले मजदुरी र मिस्त्रीको काम सिक्दै गर्दा उनको खिसी गर्नेहरुको कमि थिएन । तर आज ती उनका प्रशंसक भएका छन् ।

भण्डारीले दिन गन्ती हिसाबले काम गर्दा मासिक ३० हजार सम्म र ठेक्कामा काम पाउने अबसर मिल्यो भने मिसाक ६० हजार सम्म आम्दानी हुने अनुभव बाँडिन । ‘आफु राम्रो र इमान्दार भएमा कस्ले के भन्ला भनेर मतलव गर्नु हुँदैन ।’ भण्डारीले भनिन् ‘ सहिकाम गर्दा पनि कहिले काँही अलोचना हुन सक्छ तर त्यसको वास्ता गर्नु हुँदैन ।’ उनले लगनसिलता र इमान्दारीता नै हरेक मानिसका प्रगतीका सूचक भएको बताइन । उनले हाल तुलसीपुरका प्रगती नगरमा नाला निर्माणको कामको जिम्मा लिएको बताइन ।

प्रकाशित मिति : २०७५ जेष्ठ १ गते मङ्गलवार