• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

सल्यान जिल्लामा पहिलोपटक त्रिवेणी गाउँपालिकाले राजपत्र प्रकाशन गर्यो


लेकाली अनलाइन
जेठ १, सल्यान ।
सल्यान जिल्लामा पहिलोपटक त्रिवेणी गाउँपालिकाले राजपत्र प्रकाशनमा ल्याएको छ । गाउँपालिकाले एेन, नियम तथा कानुनको कार्य बिधि बनाएर राजपत्र प्रकाशन गरेको हो।

गाउँपालिकालाई नियम संगत काम गर्न सजिलो को लागि नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम त्रिवेणी गाउँ सभाले राजपत्र प्रकाशनमा ल्याएको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताएका छ्न।

त्यस्तै अार्थिक वर्ष २०७४/७५को लागि २० करोड ३१ लाख कुल बजेट रहेको यस गाउँपालिकाले आफ्नो विकासे योजनाको ७० प्रतिशत कामहरु सम्पन्न गरिसकेको अध्यक्ष डाँगीले बताएका छन्। जस अन्तर्गत पुतली दरबार पुनर्निर्माण, लुहाम-काभ्रा, लुहाम-तुलसीपुर सडक निर्माण तथा कालो पत्रे लागएत सडक तथा ठुला योजनाका कामको लागि मन्त्रालयमा बजेट फाइल पेस गरिएको छ ।

गाउँपालिकाले विभिन्न किसिमका शिविरहरु संचालन गरेको र आगामी दिनहरुमा नागरिकता शिविर, आखा शिविर, स्वास्थ शिविरहरु पनि संचालन गर्ने गाउँपलिकाले जनाएको छ।

त्यसैगरी आउदो असार १० गते गाउँपरिषद बस्ने भएकोले छिटै आन्तरिक योजना तर्जुमाको लागि आफुले छलफल चलाउने र त्रिवेणी गाउँपालिकालाई जिल्लाकै नमुना गाउँपालिक बनाउन आफू लागि पेरको गाउँपालिका अध्यक्ष डाँगीले बताए ।

प्रकाशित मिति : २०७५ जेष्ठ १ गते मङ्गलवार