दुर्गा वि.सी.
जेठ १, सल्यान ।
पश्चिम सल्यानको प्रमुख व्यापारी केन्द्रकाे रूपमा रहेकाे सल्लीबजारमा बजार अनुगमन गरिएको छ ।
साेमबार जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनको नेतृत्वमा गएको टोलि र बन्गाड कुपिण्डे नगरपालीकाको संयुक्त आयोजनामा बजारका खाद्या किराना, डिलर तथा थोक पसल, होटल, सुनचाँदी पसल, कपडा पसल औषधी पसलहरुमा चेक जाँच गरिएको छ । चेकजाँचका क्रममा मदिरा जन्य पदार्थ, म्याद नाघेका खाद्य तथा कोल्ड स्टोरका फुर्टि, चाउचाउ र अन्य ड्राईफुडका खानेकुराहरु फेला परेका छन् ।
बजार अनुगमनका क्रममा सडक किनारमा पसल थापेका फुटफाट समानहरु तत्तकाल हटाई सडक फाराकिलो बनाउन सहयोग गर्न नगरप्रमुख गोविन्द कुमार पुनले आग्रह गरेका छन्। साथै दर्ता नभएका सम्पुर्ण पसलहरु नगरपालिकामा छिटो भन्दा छिटो दर्ता गराउन समेत उनले जनकारी दिएका छन् ।
सल्लीबजारमा थुप्रै मात्रमा म्याद नाघेका खाद्य तथा चिसो पदार्थ फेला परेको छ । ती सबै सामाग्रीहरू बरामद गरेर नष्ट समेत गरिएको छ।
बजार अनुगमनका क्रममा र्इलाका प्रहरी कार्यालय सल्लीवजारका ईन्चार्ज चन्द्र कठायतको नेतृत्वको टोलि, वडा अध्यक्ष शान्त कुमार यरी र पत्रकार लगाएतको उपस्थिती रहेको थियाे । साेमबार नै सहायक प्रजिअ र बन्गाड कुपिण्डेको नगर शिक्षा समितीको सोहि टोलिले बन्गाड क्याम्पस बन्गाडमा सञ्चालित कक्षा ११ को परिक्षा समेत अनुगमन गरेको थियो ।