• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

मेराे १० महिना भाषण र गफगाफ गरेरै वित्यो : तुलसीपुर नगरप्रमुख पाण्डे


जेठ १, दाङ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले भाषण र गफगाफमै १० महिना बितेको बताएका छन्।

तुलसीपुर नगर जेसीजको साप्ताहिक कार्यक्रमको उद्घाटन समारोहमा उनले भने, ‘स्थानिय सरकार गठन भएको १० महिना बिति सक्यो, तर समय भने भाषण र गफगाफा र औपचारिक कार्यक्रममा सकियो।’ अब औपचारिक कार्यक्रममा सहभागी नगराउन उनले सार्बजनिक रुपमा आग्रह समेत गरे। ‘नगरको विकास र सम्बृद्धिका लागि योजना बनाउन पाएकै छ्रैन, औपचारिक कार्यक्रमका कारण,’ नगर प्रमुख पाण्डेले चिन्ता ब्यक्त गरे । उनले थप भने, ‘दाङ सिङगो छ भन्ने लागेको थियो तर रहेन छ। स्मार्ट सीटि बनाउने उद्घोषका साथ अगाडि बढ्ने क्रममा देउखुरी र घोराही क्षेत्रबाट गरिएको ब्यबहारबाट दाङ क्षेत्र भावनात्मक रुपमा ३ वटा भएको महसुस भएको पाएँ।’

तुलसीपुरलाई स्मार्ट सीटि बनाउने संकल्प क्षीण हुँदै गएको भन्दै नगरप्रमुख पाण्डेले निराशा ब्यक्त गरे। बढो मुस्कीलले टरीगाँउ एरपोर्ट संञ्चालन भइरहँदा अब अन्तराष्ट्रिय स्तरको हवाई मैदान बनाउने र सञ्चालन गर्ने हल्ला समेत पूर्वी दाङमा मच्याइएको भन्दै उनले दुख प्रकट गरे।

प्रकाशित मिति : २०७५ जेष्ठ १ गते मङ्गलवार