• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

छत्रेश्वरी गाउँपालिकाले सडक निर्माणकाे काम बजेटसहित सार्वजनिक गर्याे (हेर्नुहाेस् सुचिसहित)


लेकाली अनलाइन
जेठ १, सल्यान ।

सात अाेटा वडा रहकाे सल्यानकाे छत्रेश्वरी गाउँपालीकामा ६ वटा वडाकाे सडक निर्माणकाे काम सकिएकाे छ भने १ वटा वडाकाे पनि काम लगभग अन्तिम चरणमा पुगेकाे छ ।

केहि समय अघि गाउँपालीकाले अाफ्नै स्काभेटर र डाेजर खरिद गरेर सबै वडामा उक्त मेसिन सडक निर्माणकाे काममा धमाधम लागाएकाे थियाे । गएकाे फागुण महिनाबाट वडा नम्बर १  बाट सडक निर्माणकाे काम सुरू गरिएकाे थियाे । अब वडा नम्बर ३ मा मात्रै सडक निर्माणकाे काम सम्पन्न हुन बाँकी रहेकाे गाउँपालिका अध्यक्ष शन्ताेष केसीले बताए ।

अहिले वडा नम्बर १, २, ४, ५, ६ र ७ मा सडक निर्माणकाे काम सकिएकाे छ भने वडा नम्बर ३ मा पनि छिटै सकिने गाउँपालिकाले जनाएकाे छ ।

गाउँपालिकामा सडककाे जिम्मा लिएका वडा नम्बर १ का वडा सदस्य प्रकाश हमालले दिएकाे जानकारी अनुसार सडक निर्माण कार्य भएका सबै वडाकाे विवरण यस्ताे छ । 

गाउँपालिकाकाे अायाेजनामा सम्पन्न भएका सडक खण्डहरू

  1. दमाचाैर-दहखाेला-लेखपाेखरा हुँदै लान्ती सडक खण्डकाे स्थर उन्नतीकाे लागी ८० लाख
  2. वडा नम्बर ४ काे बल्लेखाेला-खर्सुबास सडक खण्डकाे लागी १३ लाख ५० हजार
  3. पानीखाेला हुँदै राँसी सडक खण्डकाे लागी २५ लाख ।

गाउँपालिकाकाे अायाेजनामा अन्य सडक खण्डहरूकाे निर्माण कार्य जारी छ ।

वडा कार्यालयकाे अायाेजनामा सम्पन्न भएका सडक खण्डहरू

वडा नम्बर १ अन्तर्गत 

  1. दमाचाैर-जलेखर्क हुँदै चामी जाेड्ने सडक खण्डकाे स्तर उन्नतीकाे लागी ४ लाख ५० हजार ।
  2. दमाचाैर-लाखुरी-मुलाबारी हुँदै जलेखर्क जाेड्ने सडक खण्डकाे स्तर उन्नतीकाे लागी ३ लाख ।
  3. दमाचाैर-सिन्दुरे हुँदै पिपलनेटा जाेड्ने सडक खण्डकाे स्तर उन्नतीकाे लागी ५ लाख ।
  4. दमाचाैर-ठुलापाेखरा हुँदै पटारे जाेड्ने सडक खण्डकाे नयाँ कटिङकाे लागी १ लाख ।
  5. दमाचाैर फिल्ड देखि न्यायखर्क जाेड्ने सडक खण्डकाे नयाँ कटिङकाे लागी १ लााख ५० हजार ।
  6. अात्मेश्वर सिव मन्दिर-धाराचाैर-लामाडाँडा हुँदै चाैरपानी जाेड्ने सडक खण्डकाे नयाँ कटिङकाे लागी १ लाख ५० हजार ।
  7. ठुलापाेखरा हुँदै दुवेरीचाैर जाेड्ने जाेड्ने सडक खण्डकाेनयाँ कटिङकाे लागी १ लाख ।
  8. भानुभक्त मावि दमाचाैरकाे फिल्ड निमार्णकाे लागी ६ लाख ।
  9. जनज्याेति अाधारभुत विद्यालय काल्चेकाे फिल्ड निर्माणकाे लागी २ लाख ।

वडा नम्बर १ मा सडक निर्माणकाे काम पुरै सकिएकाे छ भने अन्य अायाेजनाका काम पनि अगभग अन्तिम चरनमा पुगेका छन्र ।

वडा नम्बर २ अन्तर्गत 

  1. दहखाेला-रामचने हुँदै बुँरासे जाेड्ने सडक खण्डकाे स्तर उन्नतीकाे लागी १ लाख ५० हजार ।
  2. बुँरासे देखि खिमाैली जाेड्ने सडक खण्डकाे नयाँ कटिङकाे  लागी २ लाख ।
  3. गाेठीखाेला-रामचने हुँदै दादर जाेड्ने सडक खण्डकाे नयाँ कटिङकाे लागी ४  लाख ।
  4. साउनेपानी-साउडाेटा हुँदै पातिहाल्न जाेड्ने सडक खण्डकाे नयाँ कटिङकाे लागी ४ लाख ।
  5. जुम्ले सल्ली देखि साउनेपानी जाेड्ने सडक खण्डकाे नयाँ कटिङकाे  लागी १ लाख ।
  6. खत्रीगैरा देखि भैसीखर्क जाेड्ने सडक खण्डकाे स्तर नयाँ कटिङकाे कटिङकाे २ लाख ५० हजार ।
  7. भैसीखर्क देखि डिग्री वायुखाेला जाेड्ने सडक खण्डकाे नयाँ कटिङकाे लागी २ लाख ।
  8. दहगाउँ देखि सिर्जनशिल प्रावि जाेड्ने सडक खण्डकाे स्तर उन्नतीकाे लागी ५० हजार ।
  9. भगवती अाधारभुत विद्यालय फिल्ड निर्माणकाे लागी २ लाख ।

वडा नम्बर २ मा सडक निर्माणकाे काम पुरै सकिएकाे छ भने अन्य अायाेजनाका काम पनि अगभग अन्तिम चरनमा पुगेका छन्र ।

वडा नम्बर ४ अन्तर्गत

  1. श्रीचाैर-सिमलगैरा हुँदै कृष्ण मावि जाेड्ने सडक खण्डकाे नयाँ कटिङकाे लागी १० लाख ।
  2. बल्लेखाेला देखि सल्यरी जाेड्ने सडक खण्डकाे नयाँ कटिङकाे लागी ५ लाख ।

वडा नम्बर ४ मा सडक निर्माणकाे काम पुरै सकिएकाे छ भने अन्य अायाेजनाका काम पनि अगभग अन्तिम चरनमा पुगेका छन् ।

वडा नम्बर ५ अन्तर्गत

  1. त्रिज मावि चाैरपानीकाे फिल्ड निर्माणकाे लागी २ लाख ।

वडा नम्बर ५ मा सडक निर्माणकाे लागी अाएकाे बजेट वडा कमिटीकाे निर्णयले अरू सबै विद्युतकाे लागी हालिएकाे छ । विद्युत विस्तारकाे काम पनि भइरहेकाे छ ।

वडा नम्बर ६ अन्तर्गत

  1. साँघार देखि गर्चे जाेड्ने सडक खण्डकाे नयाँ कटिङकाे लागी ६ लाख ।
  2. लान्ती देखि रानागाउँ जाेड्ने सडक खण्डकाे स्तर उन्नतीकाे लागी ७ लाख ।

वडा नम्बर ६ मा सडक निर्माणकाे काम पुरै सकिएकाे छ भने अन्य अायाेजनाका काम पनि अगभग अन्तिम चरनमा पुगेका छन् ।

वडा नम्बर ७ अन्तर्गत

यस वडाकाे विभिन्न ठाउँमा पनि नयाँ कटिङ सडक निर्माण गरिएकाे छ ।

जसकाे लागी १८ लाख बजेट छुट्याइएकाे छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ १ गते मङ्गलवार