• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

बाम एकताबारे माअाेवादी नेता गुरुङले सिधै भने- प्रधानमन्त्री ओलीको एकलौटी कार्यशैलीले अवरोध भएकाे हाे


जेठ १, काठमाडौं।

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको एकलौटी सरकार सन्चालनको कार्यशैलीले दुई पार्टी एकतामा असर परेको बताएका छन् ।

मंगलबार हामीसँग कुरा गर्दै नेता गुरुङले एकता प्रक्रिया टुटेको भन्न नमिले पनि प्रधानमन्त्री ओलीको कार्यशैलीले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतामा अवरोध भने सिर्जना भएको बताए ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतकसमेत रहेका गुरुङले सचिव सरुवा, नीति तथा कार्यक्रम निर्माण, बजेट निर्माणलगायत सरकार सन्चालनका अरु कामहरुमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको गुनासो गरे ।

पार्टी एकतापछि पनि यस्तै रवैया रहने हो भने किन पार्टी एकता गर्ने ? भन्ने प्रश्न माओवादी केन्द्रभित्र उठ्ने गरेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २०७५ जेष्ठ १ गते मङ्गलवार